१९ असोज । नेपाल सरकारको नीति अनुसार रामेछापको उमाकुण्ड गाउँपालिकामा पनि दश लाख बराबरको केन्द्र सरकारको लगानीमा पाँच शैंयाको कोरोना भाइरस रोकथामका लागि कोभिड-१९ को अस्थायी अस्पतालको उद्घाटन गर्नुभएको छ ।
गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारले रिबन काटेर उद्घाटन गरिएको कार्यक्रममा उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदी, स्वस्थ प्रमुख दिपेन्द्र कुमार पैकरा, डाक्टर पेमा देछेन गुरूङ लगायत शिक्षक, बुद्धिजीवी र आम सर्वसाधारण जनताहरूको उपस्थित रहेको थियोे ।
उद्धघाटनको क्रममा बोल्दै अध्यक्ष सुनुवारले तपाई हामी सवै मिलेर कोरोनालाई जित्नु पर्ने र दुर्गम क्षेत्रमा स्थापन गरिएको अस्पतालमा हाजिर भएर स्वस्थ्य सेवा दिन तयार भएका स्वस्थ्यकर्मीहरू प्रति आभार व्यक्त गर्नुभएको थियोे ।
उमाकुण्ड-४ प्रितीमा स्थापना गरिएको उक्त अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी सहित तीन जनाको टिमले कोरोना भाइरस रोकथाम लागि निस्वार्थ रूपमा स्वस्थ्य सेवा दिने उमाकुण्डको स्वस्थ्य प्रमुुख दिपेन्द्र कुमार पैकराले बताउनुभएको छ ।
कोभिड-१९ लाई मध्यनजर गरेर अस्पताल नभएको स्थानमा अस्पताल स्थापन गर्नुपर्ने सरकारी नीति र कार्ययोजना अनुसार हाललाई अस्थायी अस्पताल स्थापन गरि स्थानीय नागरिकलाई कोरोना सम्बन्धि स्वस्थ्य सेवा दिने पनि स्वस्थ्य प्रमुख पैकराले बताउनुभएको छ ।
पहिलो दिनमै अस्थायी अस्पतालबाट अाज ३६ जनाको स्वाव संकलन कार्य सुरू गरिएको पनि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिनुभएको थियो।
Discussion about this post