टाङदिङ्गमा अस्थायी प्रहरी चौकी स्थापना, गाउँपालिकाको विमति

रामेछाप – गुम्देलको स्थानीयबासी र हाइड्रोपावरलाई लक्ष्यित गरि उमाकुण्ड गाउँपालिका-१ गुम्देल स्थित टाङ्दिङ्गमा अस्थायी प्रहरी चौकी गुम्देलको आइतबार बिहान स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी उपरीक्षक नवराज ढुङ्गाना, हाइड्रोपावरका प्रतिनिधि र स्थानीय वासिन्दाको उपस्थितिमा उक्त प्रहरी चौकीको स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

भौगोलिकरूपमा जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिँदै आएको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा पहिलोपटक नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।

हाइड्रोपावरले अस्थायी प्रहरी चौकी स्थापना भएपछि गाउँमा शान्ति सुरक्षा कायम हुने उद्धेश्य लिएका छन् तर गाउँपालिकाले भने उक्त प्रहरी चौकीलाई सबैको पहुँच हुने स्थान गुम्देलमा राख्नुपर्ने धारणा व्यक्त गरे।

गाउँमा प्रहरी चौकी नभएका कारण उक्त गाउँमा विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या भएको जानकारी पाएपछि हामीले गुम्देलमा नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना गर्नका लागि सिफारिस गरिएको गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।

उनले भने, “गुम्देल अलि विकट क्षेत्रमा रहेछ, प्रहरीको उपस्थिति नभएका कारण नागरिकलाई शान्ति सुरक्षा महसुस गर्न समस्या भएको हुदा प्रहरी चौकी स्थापना गर्न सिफारिस गरिएको हो, तर उक्त प्रहरी चौकी गुम्देलमा राख्नुपर्नेमा हाइड्रोपावरका प्रतिनिधिहरूले गर्दा गाउँ भन्दा टाढा स्थापन गरिएको हुदा हाम्रो विमति हरेक छ ।”

भौगोलिक हिसाबले जिल्ला सदरमुकाम मन्थलीबाट निकै टाढा रहेको गुम्देलमा पर्ने टाङ्दिङ्गमा लामो प्रयासपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको हाइड्रोपावरको प्रतिनिधिले बताए ।

हालै स्थापना गरिएको उक्त प्रहरी चौकीका प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने र अब वडामा शान्ति सुरक्षा अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने सरोकारवाला व्यक्तिहरूले आशा लिएका छन् ।

लामो प्रायसपछि हाम्रो वडामा प्रहरी चौकी स्थापना भएको छ, नागरिकस्तरबाट पनि पूर्ण सहयोग हुनेछ, हामीलाई पनि शान्ति सुरक्षा प्रदान हुनेछ।” उक्त वडामा सामान्य झैझगडाका घटना भए पनि नागरिकले कम्तीमा चार घण्टाको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय बाम्तीभण्डारमा गएर उजुरी गर्न आउनुपर्ने र अब उक्त समस्या समाधान भएको अर्का त्यहाँका सरोकारवाला व्यक्तिको भनाइ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित