कैलेश्वर माविमा बृहत स्वास्थ्य प्रदर्शनी – (फोटोफिचर)

रामेछाप । हाम्रो स्वास्थ्य, हाम्रो भविष्य भन्ने मूल नारा सहित कैलेश्वर माध्यमिक विद्यालयको विद्यार्थीहरूले शुक्रबार एक दिने स्वास्थ्य प्रदर्शनी कार्यक्रम सञ्गचालन गरिएको छ । स्वास्थ्य सम्बन्धि जनचेतनामूलक सन्देश बोकेर कैलेश्वर बाल क्लबले बृहत स्वास्थ्य प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा स्वास्थ सम्बन्धि २४ स्टल अन्तर्गत धूम्रपान र मद्यपान, खाेप , सर्पको टाेकाईबाट बच्ने उपाय, वातावरण प्रदुषण, व्यक्तिगत सरसफाइ, भिटामिन, मानसिक स्वास्थ्य, परिवार नियाेजन, नाकबाट रगत बग्दा अपउनु पर्ने उपाय, याेगा, झाडा पखाला, सर्ने र नसर्ने राेगहरू, घाउ चाेट, काेराेना भाईरस / काेराेना खाेप, पाेषण, मुटु CPR राखिएका थिए ।

यसको साथै माटाे प्रदुषण, हात धुने, हाड बाँचिनु, विष सेवन, हरित विद्यालय, जङ्क फुड, प्राथमिक उपचार आदि प्रदर्शनीमा राखेका हुन । प्रदर्शनीमा विद्यार्थी तथा अभिभावकहरूले सहजरूपमा अवलोकनमा सरिक हुने व्यवस्था मिलाएको थियो ।


स्काउट र बाल क्लबकाे उच्च सक्रियतामा बालबालिकाकाे प्रतिभा पहिचान गर्नका लागि आयोजित बृहत् स्वास्थ्य प्रदर्शनी कार्यक्रमलाई अभिभावक, विव्यस, शिअसं र वडा कार्यालयका जनप्रतिनिधिहरूले अवलोकन गरेका थिए । उक्त प्रदर्शनी कार्यक्रममा बाल क्लबका पदाधिकारीबाट जनचेतनामूलक नाटक पनि प्रदर्शन गरिएका थियो ।

यस्ता प्रकारका अतिरिक्त क्रियाकलापले विषयगत पाठ्यक्रमलाई पनि सहयोग पुग्ने र अन्य विद्यालयहरूले पनि यस्ता खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भन्दै कार्यक्रम आयोजक विद्यालय परिवारलाई गाउँपालिका शिक्षा शाखाद्वारा धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित