रामेछाप । प्रदेश युवा परिषद् बागमती प्रदेशले बिहीबार उमाकुण्डको बाम्तीभण्डारमा तीनदिने चेलीबेटी बेचबिखन, महिला हिंसा, जातीय/ लैङ्गीक भेदभाव तथा सुशासन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
गत पौष २० गतेदेखि सुरू भएको उक्त कार्यक्रममा आज भोलि घरेलु हिंसाका कारणहोस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण महिला हिंसा हुने गरेको र त्यस्तै न्यून आर्थिक अवस्थ कारण महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी दैनिक रूपमा महिला बेचबिखन बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिए ।
प्रशिक्षक नवराज पथिकले सहजीकरण गरिएको उक्त सचेतना कार्यक्रममा उमाकुण्ड गाउँपालिका भित्रका जम्मा ३४ जना महिला दिदीबहिनीहरूले सहभागिता जनाएका थिए । सहभागीहरूलाई प्रदेश युवा परिषद बागमतीबाट प्रमाणपत्र वितरण गरिएको प्रदेश युवा परिषदको सदस्य छोटी लामाले जानकारी दिइन् ।
Discussion about this post