गुम्देलमा सर्वाधिक धनराशिको खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुदै

रामेछाप । जिल्लाको सुदुर उत्तरमा अवस्थित श्री रातोतारा युवा क्लबले यहि फागुन २७ देखि ३० सम्म रामेछापको घरेलुु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।

अनुशासन, पर्यटन प्रबर्द्धन, सामाजिक सद्भावका साथमा स्वास्थको लागि खेलकुद भन्ने मूल नाराका साथ रामेछापकाे गुम्देल वडा कार्यालयको मैदानमा चारदिने दोस्रो खुल्ला अन्तरवडा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापित रातोतारा युवा क्लबले भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एवम् खेलकुद विकासमा प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्य रहेको क्लबको सचिव ङापेम्बा शेर्पाले बताए ।

उनले प्रतियोगितामा सहभागी हुने प्रत्येक समुहलाई ६ हजार २ सय टिम दर्ता शुल्क लाग्ने समेत बताए ।
सो प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ८० हजारसहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जुन रामेछाप जिल्लाको सबैभन्दा धेरै धनराशि भएको भलिबल प्रतियोगिता हो । यस्तै दोस्रो हुने समुहलाई ६० हजार, तेस्रो हुने समुहलाई ४० हजार र चौथो हुने समुहलाई २० हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाई सम्मान स्वरुप ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई पनि सम्मान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा भाग लिन फागुन २७ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिनेछ ।

उमाकुण्ड १ नं. वडा कार्यालयको पाँच  लाख र स्थानीयको आर्थिक सहयोगमा आयोजित प्रतियोगिता स्थानीय कलाकारहरूद्वारा बृहत संस्कृतिक कार्यक्रम सहित गुम्देल वडा कार्यालयको खेल मैदानमा प्रतियोगिताको फागुन २७ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि क्लबले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ

लिकम नक आउटको आधारमा खेलाइने प्रतियोगितामा एकैवडा भित्र जुनसुकै स्थानबाट सहभागिता हुन पाउने सचिव शेर्पाले जानकारी गराए। टिम क्याप्टेन सहित एक टोलीले ९ खेलाडी राख्नु पर्ने र खेलाडीहरूले फरकफरक नम्बरका एकै प्रकारको रङ्ग भएको जर्सी सहित कोर्टमा उत्रन पर्नेछन् । प्रतियोगिताको अनुमानित खर्च झण्डै ८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ।

नुम्बर मिडिया सर्भिसद्वारा सञ्चालित नुम्बुर खबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई numburkhabar@gmail.com मा पठाउनु होला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित