रामेछाप, २५ वैशाख । नेपाली कंग्रेसबाट वडाअध्यक्षको उम्मेदवार चुडामणि श्रेष्ठले उमाकुण्ड वडा नं. २ लाई कृषिमा पहिलो प्राथमिकताका साथ यन्त्रीकरण गरि उन्नत बिउँ विजन र आधुनिक खेती प्रणाली मार्फत आर्थिक उन्नति तिर लाने लगायत सातवटा प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपाली कंग्रेस उमाकुण्ड २ को इकाई सभापति समेत रहेको श्रेष्ठले बाम्तीभण्डारमा भएको चुनावी सभाको क्रममा बोल्दै डल्ले माने, शिवजी थान, रोसी देखि ठाडो खोलासम्म सडक स्तर उन्नति गर्ने र उमाकुण्ड २ बाम्ती खोलामा मोटरएवल पुल निर्माण गर्ने पनि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै अब हुने स्थानीय तहको चुनावमा आफ्नो टिमले जित हासिल गरेमा गलम देखि लाप्चने हुदै बाम्तीभण्डार सम्मकाे सडकलाई बाह्र महिना सञ्चालन हुने गरि स्तर उन्नति गर्ने, बाम्ती स्वास्थ्य चौकीलाई सामान्य अप्रेसन समेत हुने गरि डाक्टरको व्यवस्था गर्ने, एकानागीमा भ्यू टावरको अवधारणा ल्याई अन्तरिक र बाह्य पर्यटन मार्फत होटल व्यावसाय मार्फत आत्मा निर्भर गराइने जस्तो प्रतिबद्धता समेत व्यक्त गरे ।
साथै युवाहरूको सीप र क्षमता अनुसार युवा स्वरोजगारको व्यवस्था गरिने त्यस्तै स्थानीय, प्रदेश र संघीय तीन तह मार्फत बजेट विनियोजन गरि आवश्यकता र जनचाहना अनुरुप उमाकुण्ड वडा २ लाई पाच बर्ष भित्र समृद्ध बनाउने आम नागरिकको माझ प्रतिबद्ध व्यक्त गरेका छन् ।
Discussion about this post