सिद्धेश्वर मा.वि.काे स्काउट विद्यार्थीले गर्यो भूमेथान मन्दिर सरसफाइ कार्य

0
SHARES
0
VIEWS

रामेछाप । जनैपूणिर्माको मेलालाई लक्षित गरि सिद्धेश्वर मा. विका स्काउट विद्यार्थीको सक्रियता तथा भुमेथान मन्दिर व्यवस्थापन समितिको समन्वयमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।


सिद्धेश्वर मा.वि.को स्काउट विद्यार्थीहरूको सक्रियतामा उमाकुण्ड गाउँपालिका वडा नं. २,लुबुँमा अवस्थित भुमेथान मन्दिर,रत्नज्याेति बजार र लुबुँ वरपर सरसफाई
सरसफाइ कार्य सम्पन्न गरिएको उमाकुण्डल गाउँपालिका शिक्षा शाखाले जानकारी दिए ।

बालबालिकाहरूलाई विद्यालय स्तरमै अनुशासित भई समाज सेवाको भावना जागृत गराउन उमाकुण्ड गाउँपालिकाले आफ्नो क्षेत्र भित्रकाे सम्पुर्ण माध्यमिक विद्यालयहरूमा स्काउट स्थापन गरी विभिन्न कार्यहरू गर्दै आएका थिए ।

विभिन्न अवसरमा गाउँपालिका भित्र रहेका सातैवाट माद्यामिक विद्यालयका स्काउट विद्यार्थीहरूका अगुवाइमा गोरेटो बाटो मर्मत सुधार, वृक्षरोपण कार्यक्रम सञ्चालन, बगैंचा गोडमेल, विद्यालय तथा मन्दिर र सार्वजनिक स्थलमा सरसफाइ लगायतका उदाहरणीय कार्य सञ्चालन गरिएकाले गाउँपालिकाद्वारा धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित