युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

वामपन्थी एकता भाँडने माधव नेपाल र प्रचण्ड हुन् : ओली

नुम्बुर खबर by नुम्बुर खबर
२०७९ कार्तिक २६, शनिबार २१:०६
in नेकपा एमाले
0
वामपन्थी एकता भाँडने माधव नेपाल र प्रचण्ड हुन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता भाँडनेहरू नेपालमा सकिन लागेको बताएका छन्। दोस्रोपटक चुनावी सभाहरू सम्बोधन गर्न सुदूरपश्चिम आएका ओलीले पार्टी सचिव लेखराज भट्ट लडेको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को अत्तरियामा शनिबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘माधव नेपाल र प्रचण्डहरू वामपन्थी एकता भाँडने ब्यक्ति हुन्। क्रमशः दुबै जना सिद्धिदैछन्। माधव नेपाल यसैपाली सिद्धिदैछन्,’ ओलीले भने, ‘माधव नेपालको पार्टी पानीमा मिचेको खरानीको डल्लो हो। घाम लाग्यो कि फास्सफुस्स।’

उनले प्रचण्डका पनि सिद्धिने दिन आएको बताए। ‘मैले तालमेल गर्दौ ५४ सिट आएको थियो। ३६ त प्रत्यक्षमै जितेका थिए प्रचण्डले। तर अब ठूलो भाग चाहियो उनलाई। आफ्नो घरको खरानी घसेर उनी कांग्रेसको पालीमा पुगेका छन्। चोक्टा खान गएको त झोलमा डुबेर मरेछ भनेजस्तै हुन्छ, प्रचण्डको अवस्था’ ओलीले भने।

ओली कांग्रेसभन्दा पनि प्रचण्ड र माधवकुमार नेपालप्रति बढी आक्रोसित देखिएका थिए। ओलीले आफूले प्रधानमन्त्री भएका बेला गेटामा मेडिकल कलेजमा प्रर्याप्त बजेट हालेको बताउँदै त्यसलाई मेडिकल विश्वविद्यालयको तयारी गरीरहेका बेला सरकार ढलेको बताए।

‘गेटामा मेडिक विश्वविद्यालय बनाउने तयारी गर्दै थिएँ। सरका ढालिदियो। अहिले देउवाजी मेडिकक कलेज डडेल्धुराको डाँडामा बनाउँछु भन्नुहुन्छ। डाँडाँमा पछि बनाउँदै गरौंला। अहिले पूर्वाधार भएको मेडिकल कलेज सञ्चालन गर्न आग्रह गर्दछु’ उनले भने।

यसअघि डोटीको दिपायलमा आयोजना गरिएको चुनावी सभामा ओलीले नेपालमा एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक भएको बताएका थिए। ‘गठबन्धनजस्तो चिज बनाएर हुँदैन, गठबन्धनले देश चल्दैन,’ उनले भने, ‘गठबन्धनमा रहेका सबै दलहरूको छुट्टा-छुट्टै घोषणा पत्र रहेको र कसैले प्रत्यक्ष प्रधानमन्त्री चहिन्छ भन्याछन्। कसैले प्रत्यक्ष राष्ट्रपति भन्याछन्। कसैले गणतन्त्र भन्याछन्। कसैले संघीयता भन्याछन्। कसैले राजतन्त्र भन्याछन्। यदि यिनीहरूले जितिहाले पनि काम गर्नै सक्दैनन्। त्यसैले यो गठबन्धन काम गर्नका लागि नभएर तपाइहरुको आँखामा छारो हाल्नको लागि मात्रै भएको हो।’

‘गठबन्धनसँग न विचार छ, न कार्यक्रम छ,’ उनले भने, ‘आगामी दिनमा देशलाई कसरी आगाडि बढाउने भनेर नेकपा एमाले एउटै विचार, एक सिद्धान्त लिएर जनता माँझ आएको छ।’ समृद्ध नेपाल सुखि नेपाली गठबन्धनका दलहरूले गर्न नसक्ने उनले बताए।

पूर्वमन्त्री प्रेमबहादुर आलेमगरलाई इंगित गर्दै ओलीले भने, ‘डोटीको मात्रै बेइज्जती नभएर नेपालकै अन्तराष्ट्रिस्तरमा बेइज्जती गर्ने व्यक्ति फेरि डोटीबाट चुनाब लडिरहेकाले यस्ता व्यक्तिलाई सबैले बहिस्कार गर्नुपर्छ।’

चुनाबी अभियानलाई सम्बोधन गर्दै ओलीले डोटीमा गत मंगलबार राति गएको भूकम्पका कारण मृत्यु भएका परिवार तथा क्षति व्यहोरिरहेका परिवारलाई तत्कालै राहातका लागि सरकारसँग माग गरेका छन्।

यता कैलालीकै लम्मीमा आयोजना गरिएको चुनावी सभामा ओलीले मंसिर ४ गतेको निर्वाचनले देशले जित्ने कि देशले हार्ने कुरा तय गर्ने बताए। ‘मंसिर ४ को निर्वाचन एउटा दलले जित्ने र हार्ने निर्वाचन मात्रै होइन, यो देशले जित्ने कि हार्ने निर्वाचन हो,’ उनले भने, ‘देशलाई बर्बाद पार्ने तत्वहरुले विभिन्न चलखेलका माध्यमबाट चुनाव बिथोल्न खोजिरहेका छन्। यस निर्वाचनलाई देशका पक्षमा, कानुनी राज्यका पक्षमा र विकासका पक्षमा पार्नका लागि सबै देशभक्त एक हुन जरुरी छ।’

कांग्रेस नेतृत्वमा बनेको गठबन्धनलाई ठगबन्धन भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले भने, ‘वास्तवमा यो जनता र देशलाई ठग्ने जाली, फटाहाहरु मिलेर बाँडीचुडी खानका लागि बनाएको ठगबन्धन हो।’ उनले गठबन्धनसँग देश विकासका लागि साझा एजेण्डा नभएको र प्रधानमन्त्री समेत को हो? भन्ने एकिन नभएको जिकिर गरे।

कार्यक्रममा कैलाली ४ का उमेदवार समेत रहेका एमालेका केन्द्रीय सचिव लेखराज भट्टले आफू मन्त्री भएका बेला लकडाउनको अवस्था रहेकाले आपूर्तिमै खटिनु परेकाले गाउँ आउन नसकेको भन्दै जनतालाई त्यसका लागि क्षमा मागे।

‘म त्यतिबेला बाणिज्य तथा आपूर्ति मन्त्री थिएँ। देशमा आपूर्ति ब्यवस्थापनमा कुनै कमी आउन नदिन प्रधानमन्त्रीको निर्देशन थियो। त्यही भएर म गाउँमा धेरै आउन सकिनँ। तर मैले खाद्यान्न ग्यास अभाव हुन दिएन। तेलको मूल्य बढ्न दिएन। देशको आपूर्तिमा कुनै कमी हुन दिएन। म तपाईँकै काममा थिएँ भनेर बुझिदिनुहोला,’ भट्टले भने ।

Previous Post

मंसिर ४ गते क–कसले सवारी चलाउन पाउँछन् ?

Next Post

अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

Next Post
अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.