गत चैत्रमा उमाकुण्डमा निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

रामेछाप । बीएमजेट जर्मनी र चाल्डएड नेटवर्कको संयुक्त आर्थिक सहयोग तथा उमाकुण्ड गाउँपालिकाको समन्वयन र ग्रिन तारा नेपालको आयोजनामा उमाकुण्डमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

ग्रिन ताराद्धारा गत चैत्र २५ र २६ गते उमाकुण्ड गाउँपालिकाको वडा नं. ६ गुप्तेश्वर स्वास्थ्य चौकीमा र चैत्र २८ र २९ गते वडा नं. १ गुम्देल स्वास्थ्य चौकीमा दन्तरोग परिक्षण सेवा सम्बन्धि निशुल्क शिविर सञ्चालन गरेको उमाकुण्ड स्वास्थ्य शाखा प्रमुख अविजित सुनुवारले जानकारी दिए ।

उक्त बृहत्त दन्त शिविरमा ३६४ जनाले निशुल्क सेवा लिएको थियो । परिक्षण गराएका मध्ये २४५ जना दाँत निकाल्ने, ३२ जना दाँत भर्ने, ५ जना जरा देखिको उपचार, र ३० जनाले बुद्धि वंगराको शल्यक्रिया गरेका थिए । त्यस्तै यस वाहेक  ३६ जनाले दन्त जटिलता निदान भई प्रेषण गरिएको थियो ।

शिविरमा वरिष्ठ दन्त सर्जन डा. हर्ष तिवारी , दन्त सर्जन डा. नेहा पोखरेल , दन्त सर्जन डा. उपमा कार्की ,लगाएत  दन्त हाइजेनिस्ट निलम कोजुको सयुक्त दन्त चिकित्सकहरुको  टोलीद्धारा दन्त उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

साथै उक्त शिविरमा उमाकुण्ड गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख अभिजीत सुनुवार , स्वास्थ्य चौकी प्रमुखहरु , शिविर सञ्चालन भएको सम्वन्धित स्वास्थ्य संस्थाको सम्पुर्ण स्वास्थ्यकर्मिहरु , महिला स्वास्थ्य स्वयम सेविका लगाएत ग्रिन तारा नेपालको कार्यक्रम म्यानेजर टिना गोर्खाली , फिल्ड कोर्डिनेटर विभोर पोखरेल , स्वास्थ्य प्रवर्धक सुस्मिता सुनुवार , ईन्दिरा सुनुवारको सक्रिय सहभागितामा थियो ।

राम्रो दन्त सेवा पाएको भन्दै सेवाग्रहीहरुले खुसी व्यक्त गरे । आयोजक ग्रिनतारा नेपालले विगत देखि उमाकुण्ड गाँउपालिकाको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै अएको छ । हाल  पुन दन्त शिविर सञ्चालन गरी ग्रामिण्न क्षेत्रको दुरदराजका रहेको जनमासमा दन्त सेवा प्रदान गर्ने ग्रीन तारा नेपाल आर्थिक सहयोग गर्र्ने बीएमजेट जर्मनी र चाल्डएड नेटवर्क प्रति उमाकुण्ड गाउँपालिकाले आभार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित