काकलिङ मावि दोरम्बामा सहिद स्मृति अक्षकोष स्थापना

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ रहेको काकलिङ माध्यामिक विद्यालयमा १ लाख ८० हजार ५ सय बराबरको सहिद स्मृति अक्षयकोष खडा गरिएको जनाएको छ ।

गरिब,जेहन्दार,असाय र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्ने उदेश्यले एक कार्यक्रम बीच सहिद स्मृति अक्षय कोष स्थापना भएको हो । दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान (मदन) को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियोे ।

अहिलेको व्यवस्था निर्माण गर्नको लागि आफ्नो ज्यानको बाजि राखेर रगतको खोला बगाएको दोरम्बा हत्या काण्डमा साहादत गरेको सहिदहरुको स्मृति भावी पुस्ताले पनि थाहा पाई राख्न तथा गरिब जेहेन्दार विपन्न बर्गको विद्यार्थीहरुको भबिस्य उज्ज्वल बनाउन यो कोष स्थापना गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो।

त्यसै गरि उहाँले शिक्षामा सुधार नभई मुलुकमा दिगो बिकासको अवधारणा सिर्जना गर्न नसकिन्ने र ग्रामीण भेगको शिक्षा सुधार्न शिक्षक अभिभावक तथा विद्यार्थी जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

नेकपा (माओबादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले स्थापना गरेको कोषमा सबैले हातेमालो गर्न अपिल गर्नु भयो।

कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिकाको प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष मेचमान योन्जन (संगम), ५ नम्बर वडा गंगा बहादुर तामाङ (कामन), ७ नम्बर वडा अध्यक्ष प्रबिन कुमार मोक्तान (निर्दोष), कार्यपालिका सदस्य रिता महते, देब कुमारी थापा मगर, ङिमा शेर्पा, रुप माया श्रेष्ठ,वडा सदस्य मीन कुमारी श्रेष्ठ, दोरम्बा सहिद स्मृति प्रतिस्ठान अध्यक्ष धन बहादुर तामाङ (अमिर) तथा विभिन्न ब्यक्तिहरु सहभागीता रहेको थियो।
उक्त कार्यक्रम श्री काकलिङ मावि दोरम्बाको वि.ब्य.स. को अध्यक्ष रन्जित मोक्तानको अध्यक्षता सप्पन्न भएको हो ।

उक्त कोष स्थापनामा दाेरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार माेक्तानले ३० हजर ,२ नं. वडाअध्यक्ष श्री मेचमान याेञ्जनले २० हजार, ७ नं. वडा अध्यक्ष प्रविन कुमार माेक्तानले २० हजार, ५ नं. वडा अध्यक्ष गंगा ब. तामाङले २० हजार,
कार्यपालिका सदस्यहरु रिता महतेले १० हजार, देव कुमारी थापामगरले १० हजार ङिमा शेर्पाले १० हजार ५ सय,
रूप माया श्रेष्ठले १० हजार प्रदान गर्नुभएको थियो ।

त्यस्तै दाेरम्बा शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष धन ब. तामाङ तथा प्रतिष्ठान परिवारले १० हजार, प्रेस सेन्टर रामेछापको अध्यक्ष निराेज श्रेष्ठले १० हजार, वडा सदस्य मिन कुमारी श्रेष्ठले ५ हजार, काकलिङ माविका शिक्षक रेणुका योन्जनले १० हजार ,काकलिङ माविका शिक्षक प्रयागराज जोशीले ५ हजार, काकलिङ माविका लेखापाल सिंहराज योन्जनले स्वर्गीय आमा टुल्कु तामाङ को स्मृतिमा ५ हजार
र सुनिल बल( दोरम्बा शैलुङ-२, हाल पोर्चुगल)बाट ५ हजार अक्षयकोषकाे लागि प्रदान गर्नुभएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित