रामेछाप । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ ।
हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयो । ‘च्यान डाँडामा चौरी गोठालाहरूले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्,’ उहाँले भन्नुभयो, थप विवरण आउँदै छ ।’
क्याप्टेन चेत गुरुङ चालक रहेको हेलिकोप्टरमा ५ जना मेक्सिकोका नागरिक यात्रु रहेको लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेल जानकारी दिनुभयो । नाईन एन ए एम भी कलसाईनको हेलिकोप्टर सोलुको सुर्केबाट काठमाडाैँका लागि उडेको थियो ।
दुर्घटनामा क्यप्टेन : चेत गुरुङ
यात्रुहरुमा : मेक्सिकन नागरिकहरु
सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेको जनाएको छ ।
Discussion about this post