रामेछाप । स्थानीय तहको सहकार्य, भिजना इनर्जी एण्ड पावर लिमिटेडको आर्थिक सहयोग तथा स्थानीयहरुको सक्रियतामा बिहीबार काठमण्डौबाट रामेछापको पर्यटकीयस्थल उमाकुण्ड हुदै सगरमाथाको आधारशिबिर जाने नयाँ वैकल्पिक पदमार्गको पहिचान गर्न पर्यटन व्यवसायी सहितको टोलीले पदयात्रा शुभारम्भ गरिएको छ ।
“जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना” भन्ने नारा सहित काठमण्डौबाट लुक्लासम्म उमाकुण्ड, दुधकुण्ड तेन्जीङ हिलारी पदमार्गको अन्वेषण तथा प्रबर्धनात्मक नयाँ वैकल्पिक पदमार्गको पहिचान गर्न पर्यटन व्यवसायी सहितको टोली पदयात्रामा निस्केको छ ।
उमाकुण्ड गाउँपालिका पर्ययटकीय क्षेत्रको विकासका साथै खुम्बु क्षेत्र र सगरमाथा क्षेत्रमा प्रवेश गर्ने वैकल्पिक पदमार्गको खोजी तथा अनुसन्धान गरि पर्यटक योजना निर्माण गर्ने तथा प्रबधानात्मक कार्य गर्ने उद्धेश्यका साथ २९ जनाको टोली पदयात्रामा निस्किएको छ ।
काङ्छोर्तेन संरक्षण वन व्यवस्थापन उप समितिको संयोजकत्वमा पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को साझेदारीमा पदयात्रा तय भएको हो । नयाँ पदमार्ग खोजी गरी प्रोफाइल तयार गर्न, पदमार्ग विकास , प्रबद्र्धन तथा व्यवस्थापन लागि गुरु योजना तयार गर्न, नयाँ पदमार्गको प्रबद्र्धनका लागि ट्रेकिङ्ग नक्सा र बृत्तिचित्र निर्माण गर्नका लागि भिजन ईनर्जी एण्ड पवार लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गतका रकमबाट आर्थिक सहयोग गर्ने सहमति भएको टोलीका सदस्यले गेल्बु शेर्पाले जनाउनु भयो ।
स्थानीय अगुवा गेल्बु शेर्पाको संयोजकत्वमा, टिम लिडर तथा टानको प्रतिनिधी रोक्कट बस्नेत, वन विज्ञ तथा टानको प्रतिनिधी राविन श्रेष्ठ, सिभिल इन्जिनेरिङ्ग तथा टानको प्रतिनिधि कृष्णा गौताम, पर्यटन विज्ञ तथा टिम लिडर आङ कामी शेर्पा, ङिमा दावा शेर्पा, स्थानीय पदपदर्शक नुर्बु शेर्पा, साम्देन शेर्पा, उमाकुण्ड वडा नं. १ का प्रतिनिधी पेम्बा शेर्पा, उमाकुण्ड गाउँपालिकाको प्रतिनिधी ङावा तेम्बा शेर्पा, ताते, खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रतिनिधी फुदोर्जी शेर्पा, दुधकुण्ड वडा नं. २ का प्रतिनिधी पाल्देन शेर्पा, पर्यटन विज्ञ छिमिसाङ्गे शेर्पा लगायत भिडियो ग्राफि सहित २९ जनाको टोली रहेका छन् ।
टोली पहिलो दिन बिहीबार काठमाण्डौ देखि तामे डाँडा हुदै देउराली पुगेको छ । दोस्रो दिन देउरालीबाट सेर्दिङ्ग, गुम्देल, क्यामा हुदै लाछेवार, तेस्रो दिन लाछेवारबाट ङेजी, चौंथो दिन ङेजीमा साइट भिजिट, पाँचौ दिन ङेजी हुदै चोरिङबु, छैटौं दिन चोरिङबु साइट भिजिट, सातौं दिन चोरिङबु देखि सासारा वेनी, आठौं दिन दुधकुण्ड साइट भिजिट, नौं दिन ससारावेनी देखि छ्यारामखर्क, दशौ दिन छ्यारामखर्क देखि टेगा, एगारौं दिन टेगा देखि ताते, बाह्रौं दिन ताते देखि लुक्ला र तेह्रौ दिन लुक्लाबाट काठमाण्डौ पुग्ने पदयात्राहरुले जानकारी दिनुभयो ।
मेटरबाटाको तिब्र विकाससंगै सगरमाथा लगायत अन्य पदमार्ग समस्याग्रस्त रहेको अवस्थामा पर्यटन क्षेत्र जोखिममा परेको र अब पैदल जान चाहने पर्यटकको लागि नयाँ वैकल्पिक पदमार्ग विकास गर्न आवश्यक रहेको टालीका सदस्यले बताउनुभयो ।


Discussion about this post