रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका बाम्तिभण्डारमा शाखा कार्यालय रहेको लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिका वडा न–२ बाम्तिभण्डार मा रहेको श्री ।
मिति २०८१/०९/१७ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त शाखाले कक्षा १० मा अध्ययनरत छात्र बिपिन बस्नेतलाई छात्रवृत्ति उपलब्ध गराएको हो । बैंकले ग्रामिण समुदायका विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्न र उनीहरूको अध्ययनमा टेवा पुर्याउन यस प्रकारका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
छात्रवृत्ति प्रदान कार्यक्रममा बैंकका शाखा प्रबन्धक निरज ढकाल, विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । शाखा प्रबन्धकले कार्यक्रममा , “लक्ष्मी सनराइज बैंकले समाजप्रति आफ्नो उत्तरदायित्व बहन गर्दै यस किसिमका सहकार्य गर्दै आएको कुरा बताउनु भयो । यो छात्रवृत्तिले आर्थिक रुपमा कम्जोर तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन सहयोग पुर्याउने छ ।”
विद्यालयका प्रधानाध्यापक श्री निर्मल प्रासद त्रिपाठीले लक्ष्मी सनराइज बैंकलाई धन्यवाद दिँदै भने, “बैंकको यस सहयोगले विद्यार्थीहरूमा थप हौसला र प्रेरणा मिल्नेछ । यसले ग्रामीण क्षेत्रमा शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।”
छात्रवृत्ति कार्यक्रमले विद्यालय र बैंकबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै ग्रामिण समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि बैंकले प्रतिबद्धता जनाएको छ ।
Discussion about this post