रामेछाप । उमाकुण्ड गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान यहीँ माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिने भएको छ । आज भएको पालिका स्तरीय खोप समन्वय समितिका लागि अभिमुखिकरण र सरोकारवालाहरू बीचको अन्तरक्रिया गोष्ठि कार्यक्रममा बोल्दै उमाकुण्ड स्वास्थ शाखा प्रमुख अभिजित सुनुवारले माघ २२ र २३ गते माद्यामिक विद्यालयहरू तथा तोकिएका विद्यालय केन्द्रीत खोप केन्द्रहरूमा त्यस्तैगरी २४ गते खोप छुटेकाहरूलाई वडा स्तरीय स्वास्थ संस्थाहरूमा खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको एचपीभी खोपलाई अभियानको क्रममा गाउँपालिका भित्र सञ्चालित विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० बर्षदेखि १४ बर्षसम्मका उमेरका किशोरीहरूले लगाउन पाउनेछन् । गाउँपालिकाको तथ्यांकअनुसार उमाकुण्डमा विद्यालय जाने र विद्यालय बहिरा गरी ८ सय १७ जनाले खोप लगाउने लक्ष्य राखिएको देखिन्छ । अगामी बर्षदेखि एच.पि.भी. खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी नियमित खोप सेवा मार्फत कक्षा ६ की छात्रा र विद्यालय नजाने १० बर्षकी किशोरी प्रदान गर्ने राष्ट्रिय अभियान रहेको पनि स्वास्थ्य प्रमुख सुनुवारले जानकारी दिनु भयो ।
गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारको प्रमुख अतिथ्यितमा भएको कार्यक्रममा सहजिकरण गर्दै स्वास्थ्य प्रमुख सुनुवारले सरकारले उक्ता खोप माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन देशभर सातैवटा प्रदेशमा सहज तवरबाट खोप वितरण गरिने जनाएको छ । चिकित्सकका अनुसार पाठेघरको मुखका कोषिकाको असामान्य वा अस्वभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ ।
एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्छ । नेशनल लाईबेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने अध्ययनको दाबी छ ।
कलिलै उमेरमा यौनसम्पर्क तथा भाईरस संक्रमण यसको मुख्य कारक मानिन्छ । कम उमेरमा विवाह, यौन सम्पर्क, बढी सन्तान जन्माउने, एकभन्दा बढी पुरुषसँग यौन सम्पर्क भएमा खानपीनमा ध्यान नदिने र कुपोषण भएका महिलाहरु यसको जोखिममा पर्ने गर्छन् । जनचेतनाको अभाव स्वास्थ्य सेवामा नहुँदा नेपालमा महिलाहरुमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहँदै आएको छ । ह्युमन प्यापिलोमा भाइरस एचपीभीका दुई सयभन्दा बढी प्रकार छन । एचपीभी अर्थात गार्डसिल खोपले नौ प्रकारका एचपीभीबाट बचाउने चिकित्सकहरुको भनाई छ । यसले एच.पि.भि.खोपले संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ ।
साथै अन्तरक्रिय कार्यक्रमको अन्त्यमा बोल्दै गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारले खोप प्रभावकारी हुने हुदा सञ्चारकर्मी तथा सरोकारवालाहरुले खोपको बारेमा मिथ्य, भ्रामक र कपोकल्पित सूचना सम्प्रेसन हुने कार्य गर्नु नहुनेमा जोड दिनुभयो ।
Discussion about this post