नेपाल शेर्पा विद्यार्थी संघ, रामेछापको दोस्रो जिल्ला अधिवेशन पुष २६ मा हुदैँ

रामेछाप । शेर्पा विद्यार्थीहरूको साझा संस्था नेपाल शेर्पा विद्यार्थी संघ, रामेछापको दोस्रो जिल्ला अधिवेशन आगामी पुष २६ गते शनिबार रामेछापमा हुने भएको छ। रामेछापको उमाकुण्ड देउरालीस्थित नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिको सभाहलमा आयोजना हुने यस अधिवेशनको तयारी तीव्र पारिएको नेपाल शेर्पा विद्यार्थी संघका संघीय अध्यक्ष फुर्वा छिरी शेर्पाले जानकारी दिनुभयो ।

शेर्पा समुदायको शैक्षिक मुद्दा, भाषा–संस्कृति संरक्षण र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले यो अधिवेशन आयोजना गर्न लागिएको हो । आगामी पुष २६ गते बिहान १०ः०० बजे उद्घाटन हुने यस कार्यक्रममा आगामी कार्यकालका लागि नया नेतृत्व तय गरिने आयोजकले जनाएको छ।

सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि समितिले सम्पूर्ण रामेछाप भित्रका शेर्पा विद्यार्थी, शेर्पा संघ जिल्ला समन्वय समितिहरू, बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, कर्मचारी, व्यवसायी, पत्रकार तथा सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरेको छ। पहिचान र अधिकारको खोजीमा रहेका शेर्पा युवा विद्यार्थीहरूको सक्रियतालाई यस अधिवेशनले थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित