काँग्रेस विशेष महाधिवेशन पुस २७ गते ११ बजे सुरु हुने कार्यतालिका, होटेलका १५ सय कोठा बुक

काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि काठमाडौँमा होटेल बुक गरिएको छ ।

आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले काठमाडौँका विभिन्न होटलमा गरेर एक हजार पाँचसय कोठा बुक गरिसकिएको छ ।

‘२६ गतेदेखि कोठाहरू प्रयोगमा ल्याउने गरी हामीले बुक गरिसकेका छौँ,’ उनले भने, ‘सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगललगायत क्षेत्रका होटेल हामीले बुक गरेका छौँ ।’

नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ गते ११ बजे भृकुटीमण्डपमा सुरु हुने कार्यतालिका छ ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।

अहिले विशेष महाधिवेशनका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित