रामेछाप । शेर्पा विद्यार्थीहरुको छाता संगठनका रुपमा रहेको नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिवेशनमा पेमा दोर्जी शेर्पाले केन्द्रीय महासचिव पदको प्रत्याशीको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
हाल नेपाल शेर्पा विद्यार्थी संघका केन्द्रीय सचिव तथा संगठन प्रमुख पदमा क्रियाशील रहेका पेम दोर्जे शेर्पा दोलाख जिल्लामा जन्मनु भएको हो । उहाँको मुख्य एजेन्डाहरु संगठन सुदृढीकरण र विस्तार गर्ने, भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने, संघीय, प्रदेश र जिल्ला बीच समन्वयको भूमिका खेल्ने, जवाफदेही, पारदर्शी र सक्रिय महासचिवको भूमिक निभाउने रहेको र सो उद्धेश्य पुरागर्न उम्मेदवारी घोषणा गरिएको बताए ।
संघको १५ औं आसन्न राष्ट्रिष महाधिवेशनको तयारी तीव्र रुपमा अगाडी बढेको बेला जिल्ला कार्यसमिति गठन गर्न आज रामेछापमा पुगेको शेर्पाले उम्मेदवारी घोषणासँगै उनले सम्पूर्ण प्रतिनिधि, मतदाता तथा शेर्पा विद्यार्थीहरुलाई आफूलाई साथ, समर्थन र विश्वास गरि अमूल्य मत प्रदान गरी विजय गराइदिन अपिल सहित विनम्र अनुरोध गरेका छन् ।
आगामी माघ ३ गते काठमाडौंको शेर्पा पार्टी प्यालेसमा हुने भनिएको नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिवेशनलाई शेर्पा विद्यार्थी आन्दोलनको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रुपमा हेरिएको छ ।

















Discussion about this post