नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न

रामेछाप । नेपाल शेर्पा विद्यार्थी संघ रामेछाप जिल्लाको दोस्रो अधिवेशन शनिबार रामेछापमा सम्पन्न भएको छ । रामेछापको उमाकुण्ड-२, देउराली स्थित नेपाल शेर्पा संघ जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । आज भएको जिल्ला अधिवेशनबाटा पास निमा शेर्पाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । जसमा दाकर्मा शेर्पा उपाध्यक्ष, फूडोमा शेर्पा सचिव, दागेली शेर्पा सह सचिव, पेम लकु शेर्पा कोषाध्यक्ष, सदस्यहरू पासाङ शेर्पा, लभिस शेर्पा, गेल्जेन शेर्पा, थुप्तेन शेर्पा, आङ पासाङ शेर्पा, मिलन शेर्पा र आङ निमा शेर्पा रहेका छन् ।

नेपाल शेर्पा संघ रामेछाप जिल्ला कार्यसमितिका अध्यक्ष पेमनुरी शेर्पाको प्रमुख आतिथ्यता भएको अधिवेशनमा उमाकुण्ड गाउँपालिकाको शिक्षा अधिकृत ङावा शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका संघीय अध्यक्ष फूर्वा छिरिङ शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघकाे संगठन प्रमुख पेमा दोर्जे शेर्पा, उमाकुण्ड २ का वडा सदस्य ङावा तेम्बा शेर्पा, नेपाल शेर्पा संघ गोकुलगंगा गाउँपालिका अध्यक्ष आङ निमा शेर्पा लगायत अन्य संघ संस्थाको प्रतिनिधिहरूको उपस्थिति थियोे ।

निर्वाचन मण्डलका संयोजक फुर्वा छिरिङ शेर्पाले दर्ता गराउनु भएको नामावलीमा अध्यक्ष पदका लागि दुई जनाले आकांक्षीको दाबी पेश भएको भएता पनि पास निमा शेर्पाको नेतृत्वमा सर्व सम्मत रुपमा कार्य समिति गठन भएको हो। उक्त अधिवेशन सफलतापुर्वक सम्पन्न भए संगै नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापले एक दुरदर्शी, सक्षम नेतृत्त्वको साथमा एक सशक्त एवं प्रभावकारी कार्यसमिति प्राप्त गरेको छ।

कार्यक्रममा शुभकामना मनतव्य राख्दै उमाकुण्ड गाउँपालिकाको शिक्षा अधिकृत ङावा शेर्पाले भविष्यको मार्गदर्शनका लागि विद्यार्थीहरूलाई करियर काउन्सिलिङ आवश्यक रहेकोमा जोड दिए त्यस्तैगरी अन्य भक्तहरूले पनि विद्यार्थीहरूलाई संगठानिक रुपमा सक्रिय भएर विद्यार्थी हरुको हकहितको निम्ति अगाडि बढ्न सुझाव दिनुभयो । रामेछापको जिल्ला अधिवेशनमा उमाकुण्ड, गोकुलगंगा र दोरम्बा शैलुङ्ग गाउँपालिकाकाे विद्यार्थीहरूको प्रतिनिधित्व रहेको थियोे । आगामी माघ ३ गतेबाट नेपाल शेर्पा विद्यार्थी संघको संघीय कार्यसमितिको लागि पन्ध्रौं राष्ट्रिय महाधिवेशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित