प्रेस सेन्टर रामेछापको अध्यक्षमा निरोज श्रेष्ठ निर्बाचित

उर्मिला कार्की। रामेछाप। प्रेस सेन्टर नेपाल रामेछापको पाँचौ जिल्ला अधिवेशन मन्थलिमा सम्पन्न भएको छ । अधिवेशनले निरोज श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्बीरोध निर्बाचित गरेको छ । नयाँ कार्य समितिका उपाध्यक्ष खुल्लामा जयदिप मगर, उपाध्यक्ष समाबेशीमा शुसिला तामाङ, सचिबमा सिंहराज योञ्जन, सह–सचिबमा कर्मारिञ्जि सेर्पा, सह–सचिब समाबेशीमा सम्बर वहादुर हायू (प्रशान्त), कोषाध्यक्षमा गणेश माझि, त्यसैगरी सदस्यहरुमा विवेक श्रेष्ठ, राज श्रेष्ठ, सूचना खड्का, मञ्जु थापामगर, उर्मिला कार्की, शंकर खड्का, सरस्वति खड्का र लक्ष्मी तामाङ सर्बसहमत चयन भएका हुन् ।

 

कार्यक्रमका प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा संघीय सांसद माननीय श्याम कुमार श्रेष्ठ ‘कुशल’ले प्रेस सेन्टर नेपालले पत्रकारिताको धर्म र मर्मलाई आत्मसाथ गरेर निष्पक्ष पत्रकारीतामा जोड दिनुपर्ने बताउनुभयो । पत्रकार राज्यको चौथो अंग भएकाले समाचार सम्प्रेषण गर्दा तथ्यको आधारमा गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।
त्यसैगरी, कार्यक्रमका विशेष अतिथी प्रसे सेन्टर नेपाल बागमति प्रदेशका प्रदेश कमिटि सह–सचिब संजय के.सी.ले पत्रकारीताको आचारसंहितालाई आत्मसाथ गर्दै सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित