बुटवलमा थप एक काेराेना संक्रमितको मृत्यु

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको देवदह–६ का ६० वर्षीय पुरुषलाई शुक्रबार बिहान अस्पताल ल्याईकोमा एक्सपर्ट एमरजेन्सी टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले क्लिनिकमै अक्सिजन थेरापी दिएर उपचार गराइरहेका उनकाे ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल विभाग प्रमुख डा सुदर्शन थापाले बताए ।

मृतकलाई विगत २ दिनदेखि खोकी लाग्ने र ज्वरो आउने भएको थियो । उनी छारे र दीर्घ रोगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित