ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् । ज्याकलिन फर्नान्डिससँग २ सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ चलिरहेको छ । यो मुद्दा धोका दिएको आरोपमा फसेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।यसै सिलसिलामा उनलाई विमानस्थलमा रोकिएको हो । घटनाको अनुसन्धान गरिरहेका इन्फोर्समेन्ट डायरेक्टोरेट (इडी) को तर्फबाट ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यो मामिलामा इडीले नायिका नोरा फतेहीसँग पनि सोधपुछ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित