महामारीको रुपमा फैलिरहेको कोभिड-१९ संक्रमणको कारणले देशभर सबै गतिबिधिहरु प्रभावित भईरहेको सन्दर्भमा उमाकुण्ड गाउँपालिकाले गाउँपालिकामा संचालित योजनाहरुको फरफारक र भुक्तानीको लागि समय तालिका निर्धारण गरिएको छ ।
गाउँपालिकामा संचालित योजनाको उपभोक्ता समिति र निर्माण व्यवसायीहरुले तालिका बमोजिम भुक्तानीको लागि गाउँ कार्यपालिकाको कार्यालयमा वील,भर्पाइ र आवश्यक कागजात पेश गर्नका लागि जेठ २२ देखि असार १४ गते सम्म समय तालिम निर्धारण गरिएको छ ।
आर्थिक बर्षाको अन्त्यमा योजना सम्बन्धि कामका कारण बढी भिडभाड हुने भएकोले उमाकुण्ड गाउँपालिकाले त्यसलाई मध्यनजर गर्दै जेठ २१ र २२ गते गाउँपालिकाको आन्तरिक कार्य गर्ने र गाउँपालिका भित्रका सातैवटा वडामा क्रमशः जेठ २५,२८,३१ र असार २, ७, ९, ११ गते वडा नं. १ गुम्देलको योजना सम्बन्धि कामकाज गर्ने भएको छ ।
त्यस्तै जेठ २६, २७, ३१ र असार ४, ८, ११, १४ गते २ नं. वडा बाम्ती, जेठ २५,२८ असार २, ७, १० र १३ गते वडा नं ३ कुम्बुकास्थी, जेठ २४, ३० र असार ३, ६, १० र १३ गते वडा नं. ४ प्रितीको योजना सम्बन्धि कामकाज गर्ने भएको छ ।
साथै जेठ २३, २७ र असार १, ६, १२ गते वडा नं. ५ प्रिती, जेठ २४, ३० र असार ३, ८ १४ गते वडा नं. ६ गुप्तेश्वार र जेठ २३, २६ र असार १, ४, ९ १२ वडा नं. ७ भुजीको योजना सम्बन्धि कामकाज तोकिएको छ ।
Discussion about this post