युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सत्ताको बन्दुकले जनताको भाषा निर्धारण गर्न खोज्छ

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:०५
in अन्तर्वार्ता, शिक्षा
0
सत्ताको बन्दुकले जनताको भाषा निर्धारण गर्न खोज्छ

विद्यालय र विश्वविद्यालयमा नेपालसम्बन्धी जुन इतिहास पढाइँदै आएको छ, त्यसमाथि केही इतिहासकारले धेरै पहिला नै प्रश्न उठाएका हुन् । ती प्रश्न सतहसम्म आउन नसक्दा बहस भने सिर्जना हुन सकेन । इतिहासमाथिका तिनै प्रश्नलाई अहिले बहसमा ल्याएका छन्, लेखक युग पाठकले । आफ्नो पुस्तक ‘माङ्गेना’मा उनले प्रश्न मात्र उठाएका छैनन्, उत्तर पनि खोजी गरेका छन् । यसलाई उनले नेपाल मन्थन भनेका छन् । तर, प्रकाशन नहुँदै उनको पुस्तक विवादमा पर्यो । सो पुस्तकको विषयवस्तुमा केन्द्रित भएर नयाँ पत्रिकाकर्मी प्रकाश गुरागाईंले पाठकसँग संवाद गरेका छन् ।

माङ्गेना सार्वजनिक नहुँदै यसको कभर विवादमा पर्यो । कभरमा राष्ट्रिय झन्डा किन च्यात्नुभयो ?
पहिलो कुरा, पुस्तकको कभरमा जे छ, त्यो राष्ट्रिय झन्डा होइन । राष्ट्रिय झन्डाको निश्चित आकार छ । कुनाहरू छन् । विशिष्ट रङहरू छन् । त्यो विशेषता कभरको चित्रमा छैन । दोस्रो कुरा, पुस्तकको कभर मैले बनाएको होइन । त्यो च्यात्ने–नच्यात्ने कुरा भन्दा पनि त्यो कला हो । झन्डाको थिमलाई प्रयोग गरिएको कला । यो कला सचिनयोगल श्रेष्ठको हो ।

कभरमा आउने भएपछि लेखकको सहमति वा असहमति त हुन्छ नि ?
सामान्यतया हुन्छ । मैले सहमति जनाएकै हो । तर, मुख्य कुरा जसले झन्डा च्यातेको आरोप लगाए, उनीहरूको मप्रति पूर्वाग्रह थियो । मैले अहिले चल्तीमा रहेको महिन्द्रीय राष्ट्रवादको विरोध गरेँ । त्यो राष्ट्रवाद अहिलेका कम्युनिस्ट पार्टीले पनि बोकेर हिँडेका छन् । तिनको पनि आलोचना गरेँ । यस्तो आलोचना मन नपराउनेले ‘यो झन्डा च्यात्ने नै मान्छे हो, च्यात्यो,’ भनेर पूर्वाग्रही आरोप लगाए । अर्को कुरा, यो कभरले पुस्तकको थिम बताउँछ । कभरको झन्डा भित्तामा बनाइएको चित्र हो । त्यो चित्र भूकम्प आउँदा चर्केको जस्तो देखिन्छ । त्यसको अर्थ पुरानो नेपाललाई हामीले जुन भाष्यअन्तर्गत चिन्थ्यौँ वा जुन गीत, कथा, इतिहासअनुसार चिन्थ्यौँ, त्यो भत्कँदै छ र नयाँ नेपालको अवधारणा बन्दै छ । एकथरीलाई मेरो पुस्तकको थिममा नै आपत्ति छ । त्यसैले उनीहरूले विवाद झिकेका हुन् ।

माङ्गेना लेख्नुपर्ने आवश्यकता किन पर्यो ?
पछिल्लो चार–पाँच वर्षदेखि मैले के महसुस गरेँ भने, हामीले आफूलाई र आफ्नो परिवेशलाई जुन रूपमा बुझेका छौँ, त्यो भ्रमपूर्ण छ । अलिक अध्ययन गर्दै गइयो, अलि बुझ्दै गइयो, त्यसले नयाँ तरिकाबाट सोच्न बाध्य हुन थालेँ । जस्तै, दोस्रो जनआन्दोलनपछि माओवादीका एजेन्डाले कथित मूलधारमा प्रवेश गरे । त्यसमा प्रमुख दुईवटा एजेन्डा थिए । राज्य पुनर्संरचनाको एजेन्डा र जातीय, भाषिक पहिचान संरक्षण तथा सीमान्तकृतलाई अधिकार दिने एजेन्डा । मूलधारमा प्रवेश पाएपछि यसले राजनीतिक रूपमा त राम्रै बहस सिर्जना ग¥यो । तर, बहस हुँदै गर्दा हाम्रो लिखित इतिहास र त्यसको अन्तर्वस्तुमा विडम्बना देखेँ । समाज राजनीतिक रूपले अर्कै ठाउँमा जाँदै छ, तर हामीलाई बुझाउने समाजका विशिष्ट तन्तुहरूचाहिँ उल्टो यात्रामा लागेजस्तो देखेँ । त्यसैले यो पुस्तक लेखेको हुँ ।

पुस्तकको सुरुवातमा नै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको होइन, गोर्खा राज्य विस्तार गरेको तर्क गर्नुभएको छ । त्यो विस्तारचाहिँ ठीक थियो कि थिएन ?
इतिहासको घटनालाई ठीक थियो कि थिएन भनेर व्याख्या गर्न सकिँदैन । त्यो परिघटनाले कस्तो समाज निर्माण गर्दै यहाँसम्म लिएर आयो त भन्ने अध्ययन गर्न सकिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेका हुन् वा राज्य विस्तार गरेका हुन् भन्नेबारे हाम्रा इतिहासकारकै भिन्न–भिन्न मत छन् । हामीलाई भने एकीकरण नै हो भनेर ठोकुवा गरेको इतिहास पढाइयो । त्यसलाई एकीकरण हो भनेर पढाउनुको पछाडि एउटा रहस्य छ । शाहवंशको महानता स्थापना गर्न इतिहासलाई बंग्याइएको थियो । राज्य विस्तारको वास्तविकता भने अर्कै छ । जब पृथ्वीनारायण शाह चन्द्रागिरिको डाँडामा उभिएर नेपाल उपत्यका हेरे, उनी लोभिए । उनले यहाँको महाराज हुने महत्वाकांक्षा गरे । त्यो महत्वाकांक्षा पूरा गर्न उनले निरन्तर २५ वर्ष लडाइँ लडे । लडाइँमै युद्धकला सिके । कैयौँ हारबाट पनि विचलित भएनन् । त्यसलाई प्रशंसा गर्न सकिन्छ । तर, आफ्नो राज्य ठूलो बनाउने क्रममा उनले के–के गरे र उनका क्रियाकलापले समाज कहाँ पु¥यायो भनेर मूल्यांकन गर्नुपर्छ । त्यो मूल्यांकन नै पृथ्वीनारायणप्रतिको सही मूल्यांकन हो । उनले जितेको ठीक थियो कि थिएन भनेर मूल्यांकन गरियो भने त्यो काल्पनिक हुन्छ । जितेको कुरा त जितेकै हो । तर, उनले एकताको सूत्रमा बाँध्ने काम भने गरेका होइनन्, न त उनको त्यो उद्देश्य नै थियो । भाषाका हिसाबले, संस्कृतिका हिसाबले पनि उनले त्यसो गरेका होइनन् । उनका दिव्योपदेशमा पनि एकीकरण गरेको र एकताको सूत्रमा बाँधेको उल्लेख छैन । एकीकरणको भाष्य शाहवंशको महानता स्थापित गर्न आएको हो । त्यो भाष्यको निर्माण २००७ सालपछि भएको हो ।

पृथ्वीनारायण शाहले गरेको एकीकरण होइन, राज्य विस्तार हो भन्ने तर्कमा तपाईं प्राचीन नेपाल विशाल थियो कि थिएन भन्नेसम्म पुग्नुभएको छ । प्राचीन नेपाल विशाल हुनु वा नहुनुको सम्बन्ध पृथ्वीनारायणसँग कसरी गाँसिन्छ ?
प्राचीन नेपाल विशाल थियो वा थिएन भन्ने पहिल्यैदेखि उठेको बहस हो । पुराना इतिहासकारहरू बाबुराम आचार्य, डिआर रेग्मी, जगदीश रेग्मीलगायत धेरैले प्राचीन नेपाल विशाल थियो भन्छन् । त्यसको भित्रको कथ्य केहो भने, ‘प्राचीन नेपाल विशाल थियो, बीचमा टुक्रा–टुक्रा भयो, त्यसलाई पृथ्वीनारायण शाहले एकताको सूत्रमा बाँधे ।’ यो तर्कलाई यसअघि नै कमलप्रकाश मल्ल, पारस प्रधानलगायतले आलोचना गरेका थिए । प्राचीनकालमा नेपाल थियो भन्ने मात्र पुष्टि हुन्छ । विशाल थियो–थिएन पुष्टि हुँदैन । बाबुराम आचार्य आफैँले पनि तथ्यहरूद्वारा नेपाल विशाल थियो भन्नेचाहिँ पुष्टि हुँदैन भनेका छन् । एकीकरणलाई पुष्टि गर्न गलत इतिहास लेखिएको हो । मेरो मान्यता भनेको कुनै राजामहाराजा, महाकवि, राष्ट्रकवि वा कसैको पनि महानता पुष्टि गर्न हाम्रो टाउकोमा चढाउन पाइँदैन । इतिहासलाई टाउकोमा चढाएर मान्छेलाई दास बनाउन पाइँदैन । सबैले स्वीकार गरेको छ कि यो नेपाल पृथ्वीनारायण शाह र उनका सेनाको युद्धबाट बनेको हो । तर, बनेको ठीक भयो कि भएन भन्दा थाहा छैन । नेपाल अझ राम्रो पो हुन्थ्यो कि वा नेपाल नै बन्दैन थियो कि !

तपाईं कम्युनिस्ट विचारधाराको मान्छे, भाग्यवादलाई ब्राह्मणहरूले संस्थागत गरे र त्यहीकारण विकास हुन सकेन भन्ने सन्दर्भ पुस्तकमा छ । तर, तपाईं आफैँले पनि मुन्धुमको एउटा कथालाई पुस्तकमा राख्नुभएको छ । जसमा सृष्टिकर्ता पोराक्मिबाले चराको सुलीबाट मान्छे बनाएको उल्लेख छ । त्यो कथा र ब्रह्माले खरानीबाट मान्छे बनाएको कथा उस्तै छ । किन फेरि अर्को भाग्यवादतिर छिर्नुभयो ?
यी दुई मिथकको अन्तर्वस्तु तात्विक रूपमा फरक छैनन् । यी मात्र होइनन्, प्रायः मिथकहरूमा उल्लेख भएका सृष्टिकर्ताका कथा फरक छैनन् । कुरान, बाइबलमा त्यस्तै तर्क छन् । तर, एउटा कुरा भने फरक छ । जुन मान्यताले धर्मको रूप लियो, त्यसका धेरै भाष्यहरू निर्माण भए । कथाहरू निर्माण भए । त्यसले शासनसत्तामा पनि प्रवेश पायो । त्यसकारण त्यसले फरक रूप धारण गर्यो । जस्तो, महाभारतसम्म आइपुग्दा महिलालाई हेर्ने दृष्टिकोण एउटा छ । त्यसमा द्रौपदीजस्ती पात्र छिन्, जो शक्तिशाली पाँच श्रीमान्की एउटै श्रीमती हुन् । अब रामायणमा आइपुग्दा महिलालाई हेर्ने दृष्टिकोण फरक भइसकेको छ । जहाँ सीता अग्निपरीक्षा दिन्छिन् । हिन्दू धर्म राज्यको धर्म हुँदै गएपछि मान्छेमाथि शासन गर्ने भयो । उता चर्चले पनि वैज्ञानिकदेखि शिक्षकसम्मलाई मारेको छ । शासकीय धर्ममा यस्तो हुन्छ । तर, मुन्धुम शासकीय धर्ममा प्रवेश गर्न पाएन । त्यसकारण मुन्धुममा भएका केही विषय स्वतन्त्र रूपमा समाजमा बाँचेर रहे । त्यो कथामा राम्रो मान्छे नबनेपछि पोराक्मिबाले मान्छेको मुखमा थुकिदिन्छ । त्यसो हुँदा मान्छेको शिर झुक्छ । उसको शिर उठाउन माङ्गेना गरिन्छ । त्यसको दार्शनिक अर्थ भनेको कोही मान्छेको पनि शिर झुक्नुहुँदैन भन्ने हो । त्यसकारण मुन्धुमको त्यो कथा भाग्यवादभन्दा धेरै फरक छ ।

अब भाषाको कुरा गरौँ । पृथ्वीनारायण शाहको राज्य विस्तारअघि नै सिञ्जा उपत्यकाबाट खस जाति पूर्वको किरात प्रदेशसम्म पुगेर भाषा फैलाए भन्नुभएको छ । खस जाति मात्र किरात प्रदेश पुग्न कसरी सम्भव भएछ ?
इतिहासकारहरूले जहाँसम्म खोजेर निकालेका छन्, मैले ती कुरा मात्र उल्लेख गरेको छु । सुरुमा नै भाषामा आधिपत्य जमाएको देखिँदैन । इतिहासकारका अनुसार राज्य विस्तार नहुँदै हाम्रा पहाडी भूभागमा गज्जबको बसाइँसराइको चक्र देखिन्छ । अहिले पनि नेपाली भुटान, भारत, म्यानमारलगायत ठाउँमा छन् । ती पुस्तौँअघि पनि गएका छन् । त्यही बसाइँसराइको चक्र मधेसमा पनि देखिन्छ । अहिले पो नेपाल–भारत सिमाना छुट्टिएको छ । पहिला थिएन । राणाकालसम्म आइपुग्दा पनि त्यही मान्छे खेतीका लागि कहिले बिहार, कहिले नेपालतिर आएको देखिन्छ । यस्तो बसाइँसराइ राज्य विस्तारको मिसनभन्दा फरक ढंगले भएको छ । यो नेपालमा मात्र नभएर विश्वभरि नै देखिन्छ ।

यसरी बसाइँसराइ गर्ने खस जाति मात्र कसरी भयो त ?
अरू पनि होलान् । तर, पृथ्वीनारायण शाहलाई सजिलो कसरी भयो त भन्ने सन्दर्भमा त्यो कुरा आएको हो । खस भाषीहरू किरातमा पहिल्यै पुगिसकेका थिए । तीमध्येका एक हरिनन्द उपाध्यायले पृथ्वीनारायणलाई आक्रमणको निम्तो नै दिएको देखिन्छ । तर, भाषाको आधिपत्य भने पुगेको देखिँदैन । भाषाको आधिपत्य त पञ्चायतकालमा व्यापक रूपमा गयो । त्यसभन्दा अघि नेपाली भाषाको विस्तारचाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री भएका वेलामा भयो । उनले विद्यालय खोलेर त्यहाँ नेपाली भाषालाई अनिवार्य गरेपछि अन्य भाषा छायामा परे ।

पछिल्लो कालखण्डमा भारतमा नेपाली भाषाको विकास भयो र नेपाल छि¥यो । नेपाली भाषालाई नेपालमा पहिला गोर्खा भाषा भन्थे, भारतमा नेपाली भाषा । हामीले पनि उतैको सिको गरेर नेपाली भाषा भन्यौँ । तर, अहिले दार्जिलिङमा गोर्खा भाषा नै भन्न थाले । यो चक्रचाहिँ के हो ?
हाम्रो मधेसमा बस्नेको समस्या र भारतको दार्जिलिङमा बस्ने नेपाली भाषीको समस्या एउटै हो । जसरी मधेसीलाई पहाडिया र काठमाडौंवासीले हेपेर भारतीय भन्छन्, दार्जिलिङेहरूलाई पनि ठ्याक्कै त्यही भयो ।

धेरैअघिदेखि त्यहाँ आफूलाई नेपाली जाति भन्ने कि गोर्खा जाति भन्ने बहस छ । अनि, नेपाली भाषा भन्ने कि गोर्खा भाषा भन्ने बहस छ । पहिला गोर्खा भाषा, खस कुरा, पर्वते भाषा भन्थे । धेरैवटा नामले समस्या भएपछि नेपाली भाषा भन्न थाले । त्यसपछि कलकत्ता विश्वविद्यालयमा नेपाली भाषाले प्रवेश पायो । उनीहरूले लामो समय भाषा आन्दोलन गरे । अहिले आएर बंगालीहरूले उनीहरूलाई नेपाली भएको आरोप लगाउँछन् । पहिचानको संकट आएपछि उनीहरूले गोर्खा भाषा भन्न थाले । यो संकट सीमान्तकृत जाति र भाषामाथि राज्यले खडा गरेको हो ।

नेपाली भाषा सम्पर्क भाषा छ । यहीकारण अन्य जातिका भाषा, संस्कृति ओझेलमा परे भनिन्छ । सम्पर्क भाषाचाहिँ कसरी निर्धारण हुनुपथ्र्यो ?
इतिहासले के भन्छ भने, सत्ताको बन्दुकले जनताको भाषा निर्धारण गर्न खोज्छ । यो कसैलाई ठीक लागोस् वा नलागोस्, त्यसले अर्थ राख्दैन । हामीले यसरी निर्धारण हुनुपथ्र्यो वा पर्छ भनेर हुँदो रहेनछ । संसारभर बन्दुकका बलले भाषाहरू पनि शक्तिशाली भएका छन् । जो शक्तिशाली भयो, उसको भाषा पनि शक्तिशाली भएको देखिन्छ । जस्तो भारतमा जहिलेसम्म मुगलहरू शक्तिशाली थिए, उर्दु भाषा शक्तिशाली भयो । जहिलेबाट अंग्रेजहरू आए, अंग्रेजी भाषा शक्तिशाली भयो । अहिले अंग्रेजी भाषाको प्रभाव विश्वभर किन छ भने इतिहासदेखि अंग्रेजहरू शक्तिशाली हुँदै आए । अंग्रेजले जहाँ शासन गरे, त्यहाँ भाषा पनि लिएर गए । हाम्रै देशमा पनि नेपाली भाषालाई राष्ट्रभाषा बनाइएकै हो । तर, अहिले सामुदायिक विद्यालयमा पनि अंग्रेजी भाषालाई माध्यम भाषा बनाउने क्रम सुरु भएको छ । नेपालमा पनि गोर्खालीहरू शक्तिशाली भएपछि गोर्खा भाषालाई माध्यम भाषा बनाउँदै गए ।

पुस्तकमा बौद्धिक र बौद्धिकताको चर्चा पनि गर्नुभएको छ । नेपालमा चाहिँ कस्ता मान्छेलाई बौद्धिक भनिँदो रहेछ ?
अहिले बौद्धिक र बुद्धिजीवी भनेको फरक हो भन्ने बहस उठेको छ । मैले त्यही बहसलाई निरन्तरता दिएको छु । बुद्धिजीवी भनेको बुद्धिले जीविका चलाउने भयो । बौद्धिक भनेको राज्यसत्ताको अंगमा बसेर काम गर्ने वा त्यसको विरुद्धमा लेखेर अभियान चलाउने हो । किताब, कविता वा अन्य कुनै पनि कुरा लेखेर चलिआएको सत्तालाई च्यालेन्ज गर्नेचाहिँ बौद्धिक हो । सत्ता धेरै प्रकारका छन् । राज्यसत्ता, धर्मसत्ता, पार्टीसत्तालगायतका सत्ताको विपक्षमा बौद्धिकहरूले मलजल गर्छन् । उनीहरूले समाजलाई अगाडि बढाउन लेखनको माध्यमबाट सक्रिय भूमिका खेल्छन् ।

पुस्तकमा तपाईंले तत्कालीन प्रधानमन्त्री केपी ओलीका भाषणलाई गफ भन्नुभएको छ । प्रचण्डले खुलामञ्चको भाषणमा माधव घिमिरेको गीत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ उल्लेख गरेको कुरालाई पनि आलोचना गर्नुभएको छ । तपाईंचाहिँ कस्तो प्रकारको बौद्धिक ?
कोसिस गरिरहेको छु कि मैले व्याख्या गरेको जस्तै बौद्धिक बन्न सकूँ । लामो समयदेखि राज्यले बनाएको भाष्य जान्न तपाईंलाई राष्ट्रवादको प्रभाव हेरे पुग्छ । नेपालको राष्ट्रवादले झन्डा चिन्छ, दौरासुरुवाल चिन्छ, ढाकाटोपी चिन्छ, तर मान्छे चिन्दैन । सगरमाथा चिन्छ, बुद्ध चिन्छ । बुद्धले भनेको दर्शन चिन्दैन, बुद्ध कहाँ जन्मेका थिए भन्ने नारा मात्र चिन्छ । पहाड, पर्वत, हिमाल चिन्छ । तर, आफ्नै नागरिक चिन्दैन । किसान, मजदुर चिन्दैन । खेतमा काम गरिरहेको किसानको दौरासुरुवाल हेर्छ । खेती किसानीको सीप बुझ्दैन । हाम्रो राष्ट्रवादले भारतको विरोध गर्न सिकाउँछ, आत्मनिर्भर हुन सिकाउँदैन । भारतको हस्तक्षेपको विरोध गर्नुपर्छ, तर आफूलाई उभ्याउन पनि प्रयास गर्नुपर्छ । राष्ट्रवादको भ्रम पञ्चायतले खडा गर्यो । अहिले एमाले, माओवादी, विप्लव नेतृत्वका कम्युनिस्ट पार्टीले पनि त्यही महेन्द्रले खडा गरेको राष्ट्रवाद बोकेर हिँडेका छन् । त्यसको आलोचना नगर्ने हो भने कसरी बौद्धिक होइन्छ ? त्यही सन्दर्भमा मैले केपी ओली र प्रचण्डको आलोचना गरेको हुँ ।

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।’ यो वाक्य कसले लेखेको भनेर बिर्सने हो भने खराबी के छ ?
झट्ट हेर्दा यो वाक्यमा खराबी केही छैन । तर, भित्री आशय खतरनाक छ । यसले कसको पक्षपोषण गर्छ भन्ने स्पष्ट देखिन्छ । यो वाक्यले नेपाली सबै नेपाली छैनन् भन्दैन । अर्थात् हाम्रो राज्यसत्ताले बनाएको भाष्यमा मधेसी नेपाली होइन । नेपाली हुन हिमाल चाहिन्छ, दौरासुरुवाल लगाउनुपर्छ, ढाकाटोपी लगाउनुपर्छ । यो गीतको लाइनले तिनै पोसाक लगाऊ, नेपाली भाषा मात्र बोल भन्छ । यो गीत सत्य छेक्न बनाएको रेशमी रुमाल हो ।

तपाईंको पुस्तकमा धेरै विषय समेटिएको छ । माथिका प्रश्नले पनि त्यो देखाउँछ । यस्तो खिचडी पुस्तक किन लेख्नुभयो ?
यो खिचडी नै लेखेको हुँ । पछिल्लो पाँच वर्षमा जसरी मैले आफूलाई वैकल्पिक तरिकाले सोच्ने बनाउँदै लगेँ, त्यसपछि मैले गरेको चिन्तन, अध्ययनमा भेट्टाएका तथ्यलाई एक ठाउँमा समेट्न खोजेँ । अब मान्छेलगायत राजनीति, साहित्य, मिडिया, भाषा, संस्कृति, समाज, विकास सबैको शिर उठाउनुपर्छ भनेर माङ्गेना नाम राखेँ ।

साभार : नयाँ पत्रिका दैनिक

Previous Post

गाायक हुनुमा गर्व लाग्छ : लाक्पा शेर्पा

Next Post

उमाकुण्ड उँपालिकामा संचालित योजनाको बिल भुक्तानी समय तालिका सार्वजनिक

Next Post
उमाकुण्ड उँपालिकामा संचालित योजनाको बिल भुक्तानी समय तालिका सार्वजनिक

उमाकुण्ड उँपालिकामा संचालित योजनाको बिल भुक्तानी समय तालिका सार्वजनिक

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.