स्थानीयको माग पुरा नगरेको भन्दै लिखुखोला जलविद्युत परियोजनाको कार्यालयमा अनिश्चित काल तल बन्दी ।

0
SHARES
0
VIEWS

नुम्बुर खबर अनलाइन पत्रिका,असार २३ – लिखुखोला जलविद्युत परियोजनाका विस्थापितहरुले स्थानीय बासिन्दाका मागहरु सम्बोधन नगरेको भन्दै गत बिहीबार देखि स्थानीय जनप्रतिनिधि, शान्ति समिति र लिखुखोला सरोकार समाजको रोहवरमा आयोजनाको कार्यालयमा तलबन्दी गरिएको छन।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले पटकपटक सम्बन्धि निकाय ज्ञापनपत्र बुझाएको पनि सम्बन्धि पक्षले चासो नदिएकाले तलबन्दी गर्नु परेको सरोकारवालाले जनाएको छन।

उनीहरुले सडक निर्माण गर्दा डिपिआर अनुसार गरिनुपर्ने, परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता अनुसार आवश्यक रोजगारी दिनुपर्ने, स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार सहित ५० शैयाको अस्पताल निर्माण गर्नुपर्ने, समाजिक वातावरणमा देखिएको विकृतिको अन्त्य गर्नुपर्ने, जग्गाको मुल्य पारदर्शी र जग्गाको प्रकृति हेरी समयानुकूल हुनुपर्ने लगायतकाले २२ बुँदे मागहरु अघि सारेका थियोे । आफ्ना मागहरु सम्बोधन नगरे करण आयोजनाको कार्यालयमा अनिश्चित कालिन तलबन्दी गरेको सरोकारवालाले बताउनुभयो थियो ।

स्थानीयबासी इश्वरी कार्की, शुभराम बस्नेत र ङावा शेर्पा लगायतका सरोकारवालाहरूले परियोजनाले स्थानीय बासिन्दाहरुको धैर्यतामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । साथै उनीहरूको मागहरू पूरा नगरे सम्म कुनै हालतमा परियोजना सञ्चालन गर्न नदिने बताउनुभयो छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित