कांग्रेसको मतदानमा साढे ४ घण्टाको समयमा एकतिहाइ मत पनि खसेन

काठमाडौ । कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान अबेरसम्म नै जाने देखिएको छ ।

बिहान साढे ११ बजेबाट मतदान शुरू भएको साढे ४ घण्टा बित्दा जम्मा १ हजार ३ सय ६५ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा ४७ सय ४३ मतदाता छन् । अपराह्न ४ बजेसम्मको तथ्यांक हेर्दा एक तिहाइ मत पनि खस्न भ्याएको छैन ।

एक जना मतदातालाई मत खसाली सक्न नै आधा घण्टाभन्दा बढी समय लागिरहेको छ ।

भावी नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

सभापतिका मुख्य प्रतिस्पर्धीहरूले मतदान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित