उमाकुण्डमा मोडर्ना खोप सम्बन्धि एकदिने अभिमुखीकरण सम्पन्न

रामेछाप । उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा बुधबार कोभिड १९ विरुद्ध अमेरिकी कम्पनी मोडर्ना खोप सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

अभिमुखीकरण कार्यक्रममा उमाकुण्ड गाउँपालिका भित्रका ४६ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, ८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू लगायत गाउँपालिका भित्रका शाखा प्रमुख तथा कर्मचारीहरू सहभागिता रहेका थिए ।

उमाकुण्ड गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवारको प्रमुख अतिथ्यमा भएको उक्त अभिमुखीकरणलाई स्वास्थ शाखा प्रमुख तथा निमित्त प्रशासकीय अधिकृत दिपेन्द्र पैकाडले सहजीकरण गरिएको थियोे ।

सरकारले खासगरी १२ देखि १८ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई लक्ष्य गरी कोभ्याक्स सुविधा अन्तर्गत ल्याएको मोडर्ना खोपको भण्डार, ढुवानी र प्रयोग बिषयमा अभिमुखीकरण तालिम दिएको थियोे ।

यूकेको स्वास्थ्य सेवा उत्पादन नियामक निकाय एमएचआरएले सो उमेर समूहमा प्रयोग अनुमति दिएको मोडेर्ना १८ वर्ष मुनिका किशोरकिशोरीका लागि उचित हुनेबारे विश्व स्वास्थ्य सङ्गठनले केही भनेको छैन।

नेपालको ५७ जिल्लामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मोडर्ना खोपको पहिलो मात्रा पौष ४ गतेदेखि १४ गतेसम्म र दोस्रो मात्रा माघ २ गतेदेखि १२ गते बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित