काठमाण्डौ । नेपालमा थप १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने कोरोना सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । त्यस्तै आज थप २ सय ६७ जना निको भएका छन् ।७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १ सय ६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख २१ हजार ७३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ६७ पुगेको छ भने ८ लाख ८ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५२६ जना रहेका छन् । जसमध्ये ५ हजार २ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय ११ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
Discussion about this post