उमाकुण्डमा कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थीमा उत्साह

रामेछाप । दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयकाे विद्यार्थीमा खुसी बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको विस्तार भएसँगै विभिन्न विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा शुरु गरिएकाले शिक्षक तथा विद्यार्थी निकै उत्साही भएका हुन् ।

कक्षा ६ देखि पाठ्यक्रममा कम्प्युटर बिषय समावेश गरिएको भएपनि कतिपय विद्यालयमा प्रयोगात्मक कक्षा सञ्चालन हुन सकेका छैन तर उमाकुण्ड गाउँपालिका वडा नं.७ भुजीमा रहेको कास्थेमा माध्यमिक विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक हेमन्तकुमार सुनुवारले बताए ।

कम्प्युटर शिक्षा सञ्चालन गर्न गाउँपालिका भित्रकाे गुम्देल स्थित महालंगुर मावि, बाम्तीभण्डार स्थित सिद्धेश्वर मावि, कुम्बुँकास्थली स्थित जनता मावि, डाँडाखर्कस्थित सरस्वती मावि, प्रीति च्यदोलुस्थित चण्डेश्वरी मावि, गुप्तेश्वर स्थित कैलेश्वर मावि र भुजी स्थित कास्थेमा माविमा गाउँपालिकाले कम्प्युटर शिक्षक उपलब्ध गराइएकाले अहिले दुर्गम ठाउँका विद्यार्थीलाई उक्त विषय पढ्न निकै सहज भएको सम्बद्ध विद्यालयले जनाएको छ ।

स्थानीयस्तरमै कम्प्युटर विषयको प्रयोगात्मक पढाइ हुन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको एक कम्प्युटर शिक्षकले बताए । विद्यालयमा कम्प्युटरबारे यसअघि किताबी ज्ञानमात्र दिइए पनि अहिले भने प्रत्यक्ष कम्प्युटर चलाउन र सिक्न पाउँदा आफूहरुलाई निकै सजिलो भएको विद्यार्थीहरू बताउँछन् ।

विद्यार्थीमा प्राविधिक ज्ञानका लागि विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत भएपछि शैक्षिक विकासमा सहयोग पुग्ने अभिभावकहरूकाे भनाइ थियो । दुर्गममा रहेका विद्यालयमा कम्प्युटर शिक्षाको शुरुआत गर्न कतै शिक्षक र कतै कक्षाकोठाको अभाव भएपनि केही विद्यालयमा भने कम्प्युटर बिषयको प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएका छन् यसबाट गाउँपालिका भित्रका करिब दुई हजार ५०० बढी विद्यार्थी लाभान्वित भएको देखिन्छ।

यसको साथै गाउँपालिकाले शिक्षालाई प्रविधिक मैत्री बनाउन उमाकुण्ड गाउँपालिकाले गत बर्ष देखि गाउँपालिका भित्र भएका ४६ वटा विद्यालयमा कम्प्युटर र प्रिन्टर लगायत सामाग्री खरिद गर्न बजेट निकास गरिदिएका छन् भने प्रत्येक विद्यालयका एकजना शिक्षकलाई आईसिटी तालिम सञ्चालन गर्ने योजना पनि गाउँपालिकाले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित