युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा गाउँपालिका स्तरीय प्र.अ. बैठक सम्पन्न – बार्षिक शैक्षिक योजना तयार

by
२०७८ पुष ८, बिहीबार ०३:२४
in शिक्षा
0
उमाकुण्डमा गाउँपालिका स्तरीय प्र.अ. बैठक सम्पन्न – बार्षिक शैक्षिक योजना तयार

रामेछाप – शैक्षिक सुधारलाई केन्द्रित गरि सिकाइलाई बालमैत्री, प्रविधिमैत्री, दिगो र जीवनोपयोगी बनाउन दिनरात खटिएकाे उमाकुण्ड गाउँपालिकाले बुधबार पालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर बैठक बसी बार्षिक शैक्षिक योजना निर्माण गरिएको छ ।

उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे प्रा.स. ङावा शेर्पाको अध्यक्षतामा गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको पालिका स्तरीय बैठक बसी समग्र शिक्षाको आर्थिक, भौतिक र शैक्षिक सम्बन्धि महत्त्वपूर्ण पक्षमा छलफल गरि निर्णय पारित गरिएको हो ।

बुधबार बसेको बैठकले उमाकुण्ड भित्र शिक्षामा विनियोजित ससर्त र निशर्त बजेटको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै भौतिक तर्फ माघको पहिलो हप्ता भित्र सम्झौता गरी बैशाख मसान्तसम्ममा कार्यक्रम सम्पन्न गर्नुपर्ने निर्णय गरिएको छ ।

त्यसैगरी शिक्षा शाखा र सहयोगी संस्था ग्रीन तारा नेपालको समन्वयमा लिडर माविले अगुवाइ गरि पौष मसान्तसम्म वडा स्तरीय बाल क्लब गठन तथा अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभाको खोजी गर्ने र शाखाले गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गर्ने शाखाले जानकारी दिए ।

“स्वस्थ शरीरमा स्वस्थ मष्तिष्कको निर्माण हुन्छ” भन्ने नारा सहित विद्यालयमा जंक फूड निषेध गरि अर्गानिक पौष्टिक आहारका निम्ति प्रारम्भिक बालविकास देखि कक्षा पाँच सम्मको बिद्यार्थीकाे हाजिरी प्रमाणीकरणको आधारमा दिवा खाजाको ससर्त अनुदान रकम निकासा दिने र विद्यालयको माग फाराम बमोजिम शिक्षक तथा कर्मचारीकाे तलबभत्ता सम्बन्धित व्यक्तको खातामा लगाई दिने निर्णय गरिएको छ ।

हालै सरकारले खासगरी १२ देखि १७ वर्ष उमेर समूहको बालबालिका तथा किशोरकिशोरीलाई लक्ष्य गरी ल्याएको मोडर्ना खोपलाई विद्यालयमा अध्ययनरत वा विद्यालय भन्दा बहिरा रहेका सम्पूर्ण बालबालिकाहरू नछुट्याइ अनिवार्य खोप दिने व्यवस्था मिलाउने निर्णय बैठकमा गरिएको छ ।

उमाकुण्ड गाउँपालिका भित्र कार्यरत शिक्षक कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य परिचयपत्र लगाउने व्यवस्था गरिने र सोको लागि माघ पन्ध्र गते भित्र सम्बन्धित विद्यालयले आफ्नो विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विवरण पठाउनुपर्ने तथा एक माध्यमिक विद्यालय एक उद्यमशीलता भन्ने उमाकुण्ड गाउँपालिकाको योजना अनुरूप सो कार्यान्वयन कार्यविधिको ढाँचा बमोजिम पालिका भित्रका प्रत्येक माद्यामिक तथा प्रविधिकधारका विद्यालयहरूले परियोजना प्रस्ताव बनाई लागू गर्नुपर्ने व्यवस्था गरिएको गाउँपालिका शिक्षा शाखाले जानकारी दिए ।

त्यस्तै गाउँपालिका भित्रका विपन्न तथा जेहेन्दार बालबालिकाकालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन स्वरुप विभिन्न प्रकारका छात्रवृत्ति कोष स्थापन गर्नका गाउँपालिकालाई अनुरोध गरि पालिकाको निर्देशन बमोजिम अगाडि बढ्ने र गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा माघ अन्तिम हप्ताबाट दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्ने गरि समेत निर्णय गरिएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी छात्राहरूलाई महिनावारीको समयमा महिनावारी व्यवस्थापन सामाग्री अन्तर्गत स्यानीटरी प्याडलाई विद्यालयहरूले व्यवस्थित र प्रभावकारी ढंगले प्रयोग गर्नका लागि स्यानिटरी प्याड वितरण तथा व्यवस्थापनका कार्यविधि अनुसार छुट्टै समिति बनाउने निर्णय गरिएको छ ।

विद्यालयहरूमा प्रविधिको उच्च प्रयोगसंगै भर्चुअल लर्निङ सिकाइ शैली बढी प्रचलनमा आएको छ त्यसैले विद्यार्थीले सुनेर,लेखेर,पढेर भन्दा देखेर छिटो सिक्न सकिन्छ भन्ने उक्तिलाई आत्मसात गर्दै उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण शैक्षिक गतिविधि झल्काउने गरि वृत्तचित्र निर्माण गरि विद्यालयहरूमा प्रदर्शन गर्ने र सो कार्यको लागि सम्पूर्ण विद्यालयहरूले सहयोग गर्नुपर्ने उक्त प्रधानाध्यापक समूहको बैठकले निर्णय गरिएको छ ।

बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउने उद्धेश्य लिएर हाल सम्म उमाकुण्डमा स्काउट सञ्चालन भएको सातैवाट माद्यामिक विद्यालयमा चैत महिनामा २४ घण्टे स्काउट क्याम्प सञ्चालन गर्ने पनि गाउँपालिका शिक्षा शाखाले जानकारी दिए ।

शिक्षकहरूको आर्थिक उन्नति र समृद्धिका लागि सहकार्य र सहकारीको अवधारणा लिएर उमाकुण्ड गाउँपालिकामा शिक्षकहरूको छुट्टै सहकारी स्थापन गर्न प्रेम कुमार बस्नेतको संयोजकत्वमा सात सदस्य सम्भाव्यता अध्ययन समिति गठन गरि सो समितिले माघ मसान्त भित्र गाउँपालिकामा प्रतिवेदन पेश गर्न लगाउने साथै विद्यालयहरूको चुनौती, समाधानको उपाय र सुधार गर्नसक्ने कार्यहरूका बारेमा छलफल गर्न गाउँपालिकाको प्रत्येक वडामा मासिक रूपमा प्रधानाध्यापकहरूको बैठक बसी शैक्षिक गुणस्तर वृद्धि गर्ने निर्णय गरिएको छ ।

विद्यार्थीहरूमा पाठ्यक्रम भन्दा बहिरी ज्ञान तथा खेलकुद सम्बन्धि प्रतिभालाई प्रोत्साहित गर्न गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गर्नका लागि प्रत्येक माद्यामिक विद्यालयले फागुन पहिलो हप्ता सम्ममा तयारी गर्ने र साहित्य तर्फ रूचि हुने बालबालिकाहरूलाई बाल साहित्यसंग सम्बन्धित संघसंस्थासंग सहकार्य गरि फागुनको तेस्रो हप्तामा उमाकुण्ड गाउँपालिकाको बाम्तीभण्डार र प्रीतिमा उमाकुण्ड बाल साहित्य तथा बाल महोत्सव सञ्चालन गर्ने भएको छ ।

त्यस्तै एसईई परीक्षालाई लक्ष्यित गरि लिडर माविहरूमा अनिवार्य बिषयहरूकाे कोचिङ कक्षा सञ्चालन गर्ने र पाठ्यक्रम शिक्षण सिकाइ प्रक्रियाको मुल आधार तथा सिकाइको योजना भएको कारण उमाकुण्ड गाउँपालिकाले पनि आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि प्र.अ. निर्मल प्रसाद त्रिपाठीको संयोजकत्वमा सम्पूर्ण गाउँपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू सदस्य हुने गरी स्थानीय आवश्यकताको पहिचान र बिषय वस्तु छनौट सहित आवश्यक सल्लाह सुझाव र प्रस्ताव पेश गर्ने जस्तो प्रतिबद्धता मुलक महत्त्वपूर्ण निर्णयहरू गाउँपालिका स्तरीय प्र.अ. बैठकले पारित गरिएको छ ।

समग्र गाउँपालिकाको शैक्षिक सुधारमा टेवा पुर्‍याउने उद्धेश्यको साथ प्रत्येक बर्ष उमाकुण्ड गाउँपालपका शिक्षा युवा तथा खेलकुद शाखाले जनप्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षासंग सरोकार राख्ने सरोकारवालासंग छलफल गरि बार्षिक कार्ययोजना तयार परी सञ्चालन गर्दै आइरहेका छन् ।

Tags: उमाकुण्ड गाउँपालिका शिक्षा युवा तथा खेलकुद
Previous Post

रामेछापमा सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

Next Post

Hong Kong Memorial To China’s Tiananmen Square Victims Removed

Next Post
Hong Kong Memorial To China’s Tiananmen Square Victims Removed

Hong Kong Memorial To China's Tiananmen Square Victims Removed

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.