मन्थली वडा नं. १३ को अध्यक्षमा विद्यार्थी नेता सन्तोष चौहान सर्वसम्मत

0
SHARES
0
VIEWS

रामेछाप । अखिल(क्रान्तिकारी) रामेछापको नेता सन्तोष चौहानलाई मन्थली नगरपालिका वडा नम्बर–१३ फुलासीको वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । माओवादी केन्द्र मन्थली नगर समितिको सदस्य समेत रहेका चौहानलाई पार्टी वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

रामेछापमा राम्रो छवी र कृयासिल युवा नेताको छवी बनाएका चोहानले पछिल्लो समय गाउँमा समाजिक काम र विकास निर्माणमा पनि सक्रिय छन्। चौहानको पहलमा फुलासीमा स्वास्थ्य शिक्षा लगायतका समाजिक क्षेत्रमा धेरै कामहरु भएका छन् ।

गाउँ ठाउँमा आपत्त र विपत्तको समयमा चौहान सधै अगाडि रहन्छन् । स्वच्छ छवी भएको, प्रष्ट वक्ता, बौद्धिक र सालिन स्वभाव भएका चौहान स्थानीयले रुचाउने व्यक्ति हुन्। उनी सबै उमेर समूहका मानिससँग राम्रो र सहयोगी व्यवहार गर्ने गर्दछन् । चौहान फुलासीको सबैभन्दा अब्बल र जनताले रुचाउने व्यक्ति हुन्। द नेपाल टप ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित