अहिलेसम्म ३२ प्रतिशत मत खसेको आयोगको दाबी, अब भिड बढ्ने अनुमान

उर्मिला कार्की । निर्वाचन आयोगले मध्यान्न १२ः ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आज दिउँसो पत्रकार सम्मेलन गर्दै आयोगले मध्याह्न १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएकाे हाे ।

आयोगले चिसो भएका कारण बिहानीपख कम मत खसेको र अब मतदानका लागि मतदान केन्द्रमा आउनेहरूको भिड बढ्ने अनुमान गरेको छ ।

आयोगले छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही स्थानमा विवाद उत्पन्न हुँदा रोकिएको मतदानको कार्य सुचारु भइसकेको पनि आयोगले जनाएको छ ।

‘छिटपुट घटना बाहेक उत्साहजनक मतदान भइ रहेको छ । बिहान कम मत खसेको छ । चिसोको कारण हुन सक्छ । पछिल्लो समय बढ्न सक्छ’, प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनले आजै रातिबाट मतपेटिका संकलन भएका ठाउँमा मतगणना सुरु हुने बताए । सामान्य विवादमा मतदान स्थगितको सूचना नटाँस्न पनि मतदान अधिकृतहरूलाई निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित