रामेछाप । ओखलढुंगा जिल्लाको खिजीदेम्बामा अवस्थित पसी शेर्पा ट्रस्टले यहि फागुन ११ देखि ट्रस्टको घरेलुु मैदानमा प्रदेश सदस्य माननीय प्रदिप कुमार सुनुवारको प्रमुख अतिथ्यतामा सर्वाधिक धनराशिको खुल्ला अन्तरवडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
शिक्षा खेलकुद र पर्यटन प्रबर्द्धन लगायत परोपकारी क्षेत्र मार्फत राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्धेश्यले खिजीदेम्बा ६ मा दोस्रो चरणको खुल्ला अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
सामाजिक कार्यसँगै खेलकुद कार्य गर्नेगरी गाउँपालिकाको प्रमुख गोम्बु शेर्पाका आमा पसीकी सम्झानामा स्थापित पसी शेर्पा ट्रस्टले ओखलढुंगा जिल्ला भित्रका खेल प्रतिभा पहिचान गरि खेल क्षेत्र तथा खेलाडी सम्मानार्थ जिल्लाका सबै वडाहरू मार्फत खेलाडीहरूलाई सहभागिता गर्ने उद्देश्यले खेल आयोजना गरिएको ट्रस्टको खेल संयोजक बिष्णु कुमार तामाङले बताए ।
सो प्रतियोगितामा प्रथम हुने समुहलाई तीन लाख राशि बराबरको रनिङ शिल्ड सहित नगद रू ७० हजार, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जुन ओखलढुंगा जिल्लाको सबैभन्दा धेरै धनराशि भएको भलिबल प्रतियोगिता हो । यस्तै दोस्रो हुने समुहलाई रू ४५ हजार, तेस्रो हुने समुहलाई रू २५ हजार र चौथो हुने समुहलाई रू १५ हजार रुपैया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ ।
त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई पनि सम्मान गरिने ट्रस्टले जनाएको छ । प्रतियोगितामा भाग लिन फागुन ११ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने र खिजीदेम्बा गाउँपालिका भित्रका विद्यालयबाट अध्ययन गरि कक्षा १२ मा सर्वोकृष्ट नतिजा प्राप्त गरेका एक जना छात्र र एक जना छात्रालाई जनही नगद रू २५/२५ हजार र प्रशंसा पत्र सहित टप स्टुडेन्ट अफ द एयर खिजीदेम्बा २०७९ घोषणा गरिने जनाए।
ट्रस्टद्वारा आयोजित प्रतियोगिता स्थानीय कलाकारहरूद्वारा डि जे सहित बृहत संस्कृतिक कार्यक्रम सहित फागुन ११ गतेबाट उद्घाटन हुने प्रतियोगितामा सहभागी हुन हाल सम्म २० टिम दर्ता भएको संयोजक तामाङले बताए
।
नुम्बर मिडिया सर्भिसद्वारा सञ्चालित नुम्बुर खबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई numburkhabar@gmail.com मा पठाउनु होला।
Discussion about this post