कुम्बुकास्थलीमा भलिबल प्रतियोगिता सुरु

रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं. ३ को खेलमैदानमा स्वास्थको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद भन्ने नारा सहित भलिबल प्रतियोगिता आज आइतबारदेखि सुरु भएको छ ।

३ नं. वडा कार्यालय कुम्बुकास्थलीको आर्थिक सहयोग र उमाकुण्ड वडा नं. ३ खेलकुद विकास समितिको आयोजनामा खेलखुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

गाउँपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने उमाकुण्ड गाउँपालिकाकी उपप्रमुख सावित्री सुनुवारले बताइन्। उनले भनिन् ‘स्वस्थ नागरिकका लागि खेलकुद आवश्यक छ। ग्रामिण क्षेत्रबाट पनि खेलाडीहरुको विकासका लागि प्रतियोगिताको आयोजना हुने गरेका बताइन् ।’

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारले खेलकुद प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले भने स्थानीय तहमा जनप्रतिनिधि आए पछि विकासमा धेरै परिवर्तन भएको बताए ।

अध्यक्ष सुनुवारले स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेको भन्दै खेलकुदमा गाउँपालिकाले कुनै पनि कसरत नराख्ने बताए। साथै हाइड्रोपावरले दादागिरी शैलीमा काम गरेको भन्दै स्थानीय जनताले पाउने १० प्रतिशत शेयर प्रभावितको क्षेत्रको आधारमा उचित बाँडफाँड गर्नुपर्नेमा जोड दिए ।’

वडा नं. ३ ले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता छ। प्रतियोगितामा विजेता हुने टिमलाई नगद ५१ हजार १ सय ५१, उपविजेता हुनेलाई नगद ३१ हजार १ सय ३१, तेश्रोलाई नगद २१ हजार १ सय २१ र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई नगद ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता बुधबार समापन हुनेछ ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही पुरस्कार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न उमाकुण्ड ३ नं. वडा कार्यालयबाट ५ लाख विनियोजन गरिएको छ ।

भलिबलको साथै अन्तर वडा भ्याटमेन्टन र उमाकुण्ड ३ नं. वडा भित्रका सातवटा विद्यालयहरू बीच अन्तर विद्यालय खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको छ ।भलिबल तर्फ आजको उद्घाटन खेलमा उमाकुण्ड ३ नं. वडा कार्यालयका ए टिम र उमाकुण्ड ४ प्रिती बीच प्रतिस्पर्धा हुदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित