दोरम्बा शैलुङ गाउँपालिका २ को सबै बजेट सडक स्तरोन्नतीमा

0
SHARES
0
VIEWS

रामेछाप ।  दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ ले अगामी आर्थिक वर्षको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने भएको छ । आ.व २०८०/८१ को लागी वडामा संघिय सरकार तथा बाग्मती प्रदेश सरकारबाट बजेट नपरेपछि वडाको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएको हो ।

गाउँपालिकाको रणनैतिक तथा गौरवको आयोजनाको रुपमा रहेको गाल्बा दोरम्बा खोलाखर्क शैलुङ सडक कालोपत्रेका लागी दुबै तहको सरकारी निकायमा आवश्यक पहल गर्दा गर्दै पनि बजेट नपरेपछि वडाको सबै बजेट उक्त सडक स्तरोन्नतीमा खर्च गर्ने निर्णय गरिएको वडाअध्यक्ष मेचमान योन्जनले जानकारी दिनुभयो ।

संघ तथा प्रदेश सरकारले प्राकृतिक तथा भौगोलिक विभेद गरिएको आम रुपमा महसुस भएकाले गाउँकार्यपालिकाले वडा नं २ लाई दिईएको अख्तियारी अनुसारको ५० लाख बजेट गाल्बा दोरम्बा खोलाखर्क शैलुङ सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएर सातौँ वडाभेलाबाट सर्वसहमतीले पास भएको वडाअध्यक्ष योन्जनले बताउनुभयो । जनप्रतिनिधी,सबै राजनितीक दल र वडाका सबै नागरीकहरुले यो निर्णयको स्वागत गरेको उहाँले बताउनुभयो ।

पर्यटकिय तथा धार्मिक क्षेत्र शैलुङको विकासका लागी निकै महत्वपुर्ण रहेको उक्त सडक कालोपत्रे भएपछि दोरम्बा शैलुङ गाउँपालिकामा सम्बृद्धि आउने वडाअध्यक्ष योन्जनले बताउनुभयो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित