युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

नुम्बुर खबर by नुम्बुर खबर
२०८० असार १२, मंगलवार २०:०९
in बैंक तथा वित्त
0
सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

रामेछाप – चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको हो।

प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्।

सङ्घ, प्रदेश तथा स्थानीय तहको भुक्तानी निकासीका सम्बन्धमा परिपत्र गरिसकेको भए पनि आवको अन्त्यमा धेरै भुक्तानी हुने प्रवृत्ति रोक्न र चालू आवमा सिर्जना भइसकेको भुक्तानी दायित्व आगामी आव सर्न गएमा त्यसको व्यवस्थापनका लागि महालेखा नियन्त्रक कार्यालयको भूमिका नरहने प्रवक्ता शम्भुप्रसाद मरासिनी बताउँछन्। ‘चालू आवमा भएको खर्चको भुक्तानी असार २४ गतेभित्र हुन नसकेको अवस्थामा र आगामी आवको बजेटबाट भुक्तानी गर्नुपर्ने अवस्था आइलागेमा त्यसको व्यवस्थापन कसरी हुन्छ ?’ भन्ने प्रश्नमा प्रवक्ता मरासिनीले सम्बन्धित कार्यालय र लेखा उत्तरदायी अधिकारी त्यसका लागि जिम्मेवार हुनुपर्ने बताए।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार नयाँ आव सुरु हुनु सात दिनअगावै चालू आवका सबै खाता बन्द हुन्छन्। चालू आवको भुक्तानी मिलान आगामी आवको बजेटबाट गर्नुपर्ने अवस्था आएमा त्यसका लागि सम्बन्धित कार्यालय तथा लेखा उत्तरदायी अधिकारी नै जिम्मेवार हुन्छन्। यसमा महालेखा नियन्त्रक कार्यालयको भूमिका रहँदैन’, उनले भने।

आवको अन्त्यमा मात्रै भुक्तानी गर्ने परिपाटीका कारण गत आव २०७८/७९ मा सात प्रदेशको मात्र करिब रु छ अर्ब बराबर भुक्तानी रोकिएको थियो। ठूलो सङ्ख्यामा बजेट भुक्तानी माग भइआएका फाइल प्रवृष्टि (इन्ट्री) गर्दा महालेखा नियन्त्रक कार्यालय तथा कोलेनिका र प्रलेनिकाको भुक्तानी प्रणालीमै समस्या देखिएको थियो। एकैपटक ठूलो सङ्ख्यामा डाटा इन्ट्री हुँदा त्यस्तो समस्या देखिएपछि भुक्तानी रोकिएको भन्दै प्रदेशले प्रेस विज्ञप्ति नै जारी गरेर भुक्तानी माग गर्दै दबाब दिएका थिए।

आर्थिक वर्षको अन्तमा हतारमा कागज मिलाउने र भुक्तानी माग्ने प्रवृत्ति पनि बढ्दो छ। वर्षान्तको खर्चमा आर्थिक अनुशासन मिचिने बढी सम्भावना हुनेहुँदा यस्तो खर्च रोकिनुपर्ने भन्दै महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष औंल्याउने गरेको छ। गत आव २०७८/७९ मा कूल बजेट खर्चको २१ प्रतिशत असार महिनामा मात्र खर्च भएको थियो। गत आवका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख बराबरको बजेट विनियोजन भएकोमा कूल खर्च १३ खर्ब नौ अर्ब ८७ करोड ४३ लाख बराबर थियो।

यस्तो खर्चमध्ये असार महिनामा मात्र दुई खर्ब ९ अर्ब ७५ अर्ब नौ करोड २५ लाखअर्थात् कूल खर्चको २१ प्रतिशत बराबर भुक्तानी भएको देखिन्छ। त्यस्तै असार महिनाको अन्तिम हप्तामा मात्र ९८ अर्ब ९९ करोड ७१ लाख ८१ हजार अर्थात् कूल वार्षिक खर्चको सात दशमलव ५६ प्रतिशत भुक्तानी भएको महालेखा परीक्षक कार्यालयको ६० औं प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, सरकारले वर्षान्तमा ठूलो सङ्ख्यामा रकमान्तरसमेत गर्ने गरेको देखिन्छ। गत आव २०७८/७९ मा कूल एक खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख अर्थात् कूल बजेटको १२ प्रतिशत रकमान्तर गरेको थियो। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनअनुसार गत आवको असार महिनामा मात्र ८२ अर्ब ८० करोड ६७ लाख र असारको अन्तिम हप्ता मात्र २७ अर्ब बराबर रकमान्तर भएको थियो। रकमान्तरको यस्तो प्रवृत्ति हटाउनुपर्ने सुझाव महालेखाको प्रतिवेदनले दिएको छ। रासस ।

Previous Post

‘विद्रोह’ असफल भएपछि रुसी सेनालाई हतियार सुम्पिँदै वागनर

Next Post

उमाकुण्ड गाउँपालिकाद्वारा ६० करोड ५८ लाख ६३ हजारको बजेट सार्वजनिक

Next Post
उमाकुण्ड गाउँपालिकाद्वारा ६० करोड ५८ लाख ६३ हजारको बजेट सार्वजनिक

उमाकुण्ड गाउँपालिकाद्वारा ६० करोड ५८ लाख ६३ हजारको बजेट सार्वजनिक

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.