रामेछाप । उमाकुण्ड गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएकाे छ।
भालुको आक्रमणबाट उमाकुण्ड–२ बाम्तीभण्डार सिमका ४७ वर्षीय पासाङ लामा घाइते भएको स्थानीय साङ्गे शेर्पाले जानकारी दिए ।
शेर्पालाई बिहान ८ बजेको समयमा चौरी चराउन गएको बेला दुईवटा भालुले आक्रमण गरी घाइते बनाएका छन् । भालुको आक्रमणबाट शेर्पाको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
भालुको आक्रमणबाट घाइते शेर्पाको उपचारको लागि काठमाडौ लगिएको छ । घटना स्थल गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने गोकुलगंगाको चित्रे पोखरीमा पर्छ ।
उक्त क्षेत्रमा बाघ, भालु तथा अन्य वन्यजन्तुले मानिस तथा घरेलुु पशुपंक्षी माथि आक्रमण गर्ने गरिएको घटना सार्वजनिक हुने गरेकाे पाइन्छ ।
Discussion about this post