रामेछाप । उमाकुण्ड गाउँपालिक वडा नं. २, बाम्तीभण्डारले टोल विकास संस्था मार्फत आ.व. ०८०÷०८१ को योजना संचालन गराउने निर्णय गरेको छ ।
आज २ नं. वडा कार्यालयको सभा हलमा जनप्रतिनिधि, वडा भित्र गठित टोल विकास संस्थाको प्रतिनिधि र सरोकारवालाहरूका बीच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रम मार्फत उक्त निर्णय गरिएको हो ।
स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिकको सहभागिता सुनिश्चित गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपना र अपनत्व सिर्जना गर्न सम्बन्धित क्षेत्रमा बसोवास गर्ने सबै घरधुरी सदस्य रहने गरी स्थानीय स्तरमा वडा समितिको मातहत तथा सहयोगिताको रुपमा रहने गरी २ नं. वडा बाम्तीभण्डारमा १२ वटा टोल विकास संस्था गठन भएका छन् ।
उक्त गठित टोल विकास संस्थालाई पूर्वाधार विकास तर्फ १० वटा योजनामा सात लाखको गर्चा, सुर्मुखोला, निहुरे, देउराली, सिस्नेरी र गोरुण्डा स्ल्याव निर्माण गर्न दोखर्प टोल विकास संस्थालाई अगडी सारेको छ । त्यस्तै पाँच लाखको सिस्नेरी बाम्ती रोशी पिपालडाँडा सडक सोलिङ्ग गर्न बाम्ती टोल विकास संस्थालाई, ६ लाखको सोतर्मु कप्तानटार गर्चा सेर्दुगाउँ सडक सोलिङ्ग गर्न सोतर्मु टोल विकास संस्थालाई, तीन लाखको छिपछिपे देउराली सडक सोलिङ्ग गर्न देउराली टोल विकास संस्थालाई र पाँच लाखको लुबुँ पर्दिङ्ग उकालो हर्कटे गुम्बा सडक सोलिङ्ग गर्न लुबुँ टोल विकास संस्थालाई काम गराउँने निर्णय गरेकाे छ ।
त्यस्तै लक्षित तर्फको दुई लाखको पिडाल्ने शिव मन्दिर व्यवस्थापन गर्न पिडाल्ने टोल विकास संस्थालाई, दुई लाखको एकानागी महिला सञ्जल मौरीपालन तालिम सञ्चालन गर्न एकानागी महिला सञ्जललाई र एक लाखको पाँगा महिला विकासको भवन फर्निचर खरिदको लागि पाँगा महिला विकासलाई परिचालन गर्ने निर्णय गरेका छन् ।
पाँच लाखको बाम्ती समग्र शाखा सडक मर्मत, आठ लाखको बाम्ती खानेपानी व्यवस्थापन, पाँच लाखको बाम्ती फोहोर व्यवस्थापन, नौ लाखको समग्र सिँचाई योजना, चार लाखको वडा कार्यलाय भवन डिपिआर, १३ लाखको प्रधानमन्त्री राेजगार कार्यक्रम, चार लाख प्रकृतिक प्रकोप, एक लाख पन्ध्र हजारको किटनाशक बिषादी खरिद र एक लाख दश हजारको हिँउदे फलफूलको विरुवा वितारण योजनाहरु आवश्यकता र माग अनुसार बाँडफाड गरी उपभोक्त समिति र टोल विकास समिति मार्फत कार्यन्वयन गर्ने भएका छन् ।
विकासको काममा स्थानीयलाई परिचालन गरी अधिकतम प्रतिफल प्राप्त गर्नको लागि टोल विकास समितिलाई परिचालन गरिएको वडा अध्यक्ष खम्बध्वज बस्नेतले बताउनु भयो ।
यस बर्ष वडा नं. २ बाम्तीभण्डारमा पुर्वाधार विकास तर्फ ४८ लाख, प्रधानमन्त्री स्वरोजगार तर्फ १३ लाख र लक्षित तर्फ पाँच लाख र कृषिमा २ लाख २५ पच्चीस र खेलकुद व्यवस्थापन तर्फ २ लाख बजेट विनियोजन भएको थियो ।
Discussion about this post