समृद्धि बचत तथा ऋण सहकारी संस्थाद्वारा बाम्ती वडा कार्यालयलाई लम्पी स्किन राेगको औषधि सहयोग

30
SHARES
50
VIEWS

रामेछाप । मुलुकमा संकट परेको बेला सरकार र नागरिकहरुलाई साथ दिन सफल  सहकारीहरु पछि पर्दैनन् । यसको पछिल्लो उदाहरण रामेछापको उमाकुण्ड-२ स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लि. ले प्रस्तुत गरेको छ । समृद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले उमाकुण्ड गाउँपालिका वडा नं. २, लाई सो वडा भित्र संक्रमित बिरामी पशुहरुका लागी आबश्यक औषधिहरु सहयोग गरेको छ ।

आज एक औपचारिक कार्यक्रम गर्दै संस्थाले वडा कार्यालयलाई आवश्यक औषधिहरु सहयोग गरेको वडा सदस्य ङावा तेम्बा शेर्पा जानकारी गराउनुभयो । वडा कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा संस्थाका पदाधिकारीहरु तथा २ नं. वडाका वडा अध्यक्ष खम्बाध्वज बस्नेत, वडाका प्रतिनिधि लगायत स्थानीय पशुपालक कृषकहरुको उपस्थिति रहेको थियो । सहकारी संस्थाले अ‍ौषधि खरिद बापत छुट्याइएको १ लाख ५० हजार मध्ये २ नं. वडालाई ६५ हजार बराबरको अ‍ौषधि सहयोग गरेको वडा सदस्य शेर्पाले बताउनुभयो ।

उक्त वडामा हस्तान्तरण भएको अौषधि वडाका पशु प्राविधिकको सल्लाह बमोजिम पशुपालक किसानहरूलाई वितरण गरिएको छ ।

स्रोत वडा कार्यालय बाम्ती
तस्बिर स्रोत : वडा कार्यालय बाम्ती

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित