रामेछाप । नेकपा माओवादीे उमाकुण्ड गाउँपालिकाले गाउँ कमिटीले विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम उमाकुण्डमा सम्पन्न गरिएको छ । हिजो मंगलबार भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेशका माननीय तारा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता र पालिका कमिटी अध्यक्ष अन्नत कुमार खड्काको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य दिलीप कुमार प्रजापति, भक्तपुर जिल्ला इन्चार्ज हरी दाहाल, केन्द्रीय तथा जिल्ला कमिटीका प्रतिनिधिहरु प्रेम कुमार कार्की, शिशिर खड्गी, सेवक र सुमान लामा लगायत अतिथिहरु वक्ताको रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रम जनतासगँ माओवादी विशेष रुपान्तरण, घर घरमा माओवादी जन जनमा माओवादी नारा सहित तीन महिने अभियान विषयमा प्रशिक्षण दिनुभएको उमाकुण्ड पालिका कमिटी अन्नत कुमार खड्काले जानकारी दिनुभएको थियोे । साथै उहाँले उक्त कार्यक्रमा अन्य वडा तथा पालिकाहरुमा पनि निरन्तर सञ्चालन हुने जानकनरी दिनुभयो ।
Discussion about this post