रामेछाप । उमाकुण्ड गाउँपालिकामा उपभोक्ता हित संरक्षण समितिको बैठक आज बसेको छ ।
बैठकले गाउँपालिका भित्र सञ्चालनमा रहेका पेट्रोलियम पदर्थ (पेट्रोल, डिजेल तथा मटितेल) को विक्री वितरण गर्ने बिक्रेताले मान्यता प्राप्त नापतौल (लिटर) को मात्रा प्रयोगमा ल्याउन आग्रह गर्ने निर्णय गरेको छ ।
बजारमा कोक तथा फेन्टा जस्तो विभिन्न बोतलले नापेर बेच्दा प्रतिबोतल २ लिटर ३ सय मिलिलिटर मात्र हुने भएपनि सिदासोजा उपभोक्तसंग बिक्रेताले २ लिटर ५ सय मिलिलिटरको पैसा लिएर उपभोक्तहरु ठगिने गरेको गाउँपालिकाको प्रमुख प्रसासकीय आधिकृत रामचन्द्र लामाले बताउनु भयो ।
त्यस्तैगरी माछा तथा मासुको बिक्रेताहरुले पनि उपभोक्तको स्वास्थ्यलाई ध्यानमा राखी खाद्या मापदण्ड बमोजिम स्वच्छ, सफा र ताजा माछा मासु बिक्री वितरण गर्नु पर्नेे प्रमुख प्रसासकीय आधिकृत लामाले बताउनु भयो ।
आज एक सूचना जारी गर्दै गाउँपमलिकाले सो बिषयको बिक्रेताहरुलाई जानकारी गरिएको छ ।
Discussion about this post