रामेछाप । उमाकुण्डमा विभिन्न कार्यक्रम गरि बृहत रूपमा ५९ औँ बाल दिवस मनाइयो छ ।
संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरणमा मनाउने राष्ट्रिय बाल दिवस “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ आज रामेछापको उमाकुण्डमा ५९ औँ राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइएको छ । उमाकुण्ड शिक्षा, युवा तथा खेलकुद शाखाले दिएको निर्देशन बमोजिम गाउँपालिकाभित्र सञ्चालित समुदायिक विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि बाल दिवस मनाइएको हो ।
उमाकुण्डमा रहेको सातवटा माध्यमिक विद्यालय सहित ४५ वटा सामुदायिक विद्यालयहरु मध्ये उमाकुण्ड वडा नं. ५ को सरस्वती मा.वि. सेतुधारामा माध्यमिक तह ९–१० मा वक्तृत्वकाल, आधारभूत तह ६–८ मा निबन्ध प्रतियोगिता, आधारभूत तह ४–५ मा अग्रेन्जी शुद्ध उच्चारण, आधारभूत तह १–३ मा नेपाली शुद्ध उच्चारण प्रतियोगिता लगायत साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तैगरी वडा नं. १ को महालंगुर मा.वि. गुम्देलले मा.वि. तह सदनात्मक हाजिरी जावफ प्रतियोगिता, आधारभूत तह ६–८ मा निबन्ध लेखान प्रतियोगिता र आधारभूत तह १–५ मा नेपाली तथा अग्रेन्जी पठन सिप प्रतियोगिता लगायत साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको छ भने वडा नं. ६ को कैलेश्वर मा.वि. गुप्तेश्वरले मा.वि. स्तरीय वक्ततृत्वकला र संस्कृतिक कार्यक्रम आयोजन गरिएको छ ।
उमाकुण्ड वडा नं. २ को सिद्धेश्वर मा.वि. बाम्तीभण्डारमा किशोर क्लबको आयोजनमा नृत्य, गायन र कविता वाचन प्रतियोगित सञ्चालन गरिएको छ र वडा नं. ४ को चण्डेश्वारी मा वि च्यादोलुमा अंग्रेन्जी निबन्ध लेखन प्रतियोगित, नाटक प्रदर्शन सहित वृहत्त संस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै वडा नं. ३ को जनता मा वि कुम्बुँ र वडा नं. ७ को कस्थेम मा वि भुजीले पनि विभिन्न प्रतियोगिता सञ्चालन गरि बाल दिवस मनाएको शिक्षा शाखाका प्रा.स. ङावा शेर्पाले जानकारी दिनु भयो ।
अन्य आधारभूत विद्यालयहरुले पनि आ आफ्नो विद्यालयमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएको प्रा.स शेर्पाले जानकारी दिनु भयो ।
यस्तै रामेछाप जिल्लाका अन्य पालिकाहरुका सामुदायिक तथा निजी विद्यालयहरुमा पनि वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ लगायत बालबालिकाको हक अधिकार सम्बन्धि नारा तथा र्यालीको आयोजना गरि ५९ औँ बाल दिबस मनाइएको छ ।
Discussion about this post