रामेछाप । खिम्ती–२ जलविद्युत आयोजनामा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ ।
दोलखको जिरी नगरपालिका वडा नम्बर ८ स्थित खिम्ती–२ आयोजनामा आज दिउँसो काम गर्ने क्रममा सुरुङमा खसेको पहिरोले पुरिँदा गोकुलगंगा गाउँपालिका–३ का अन्दाजी ३८ वर्षीय आङकाजी शेर्पाको मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी निरिक्षक विष्णु बस्नेतको नेतृत्वमा प्रहरी टोली खटेको छ । अहिले घटनास्थल सुरुङबाट शव बाहिर निकालिएको छ ।
घटना आज दिउँसो करिब १ बजेकै भएपनि घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन । यसअघि सो आयोजनामा केही महिना अघि मात्रै एक जना सवओभरसियर खोलामा लडेर बेपत्ता भएका थिए ।
Discussion about this post