दोलखामा खुकुरी प्रहारबाट बालिकासहित दुई जना घाइते

दोलखामा खुकुरी प्रहारबाट बालिकासहित दुई जना घाइते

दोलखा । दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन् ।

आइतबार राति ११ बजेतिर झुलेका ७२ वर्षीय मोहनबहादुर कार्कीले घरायसी विवादमा खुकुरी प्रहार गर्दा ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षकी नातीनी सुहाना कार्की सख्त घाइते भएका प्रहरीले जनाएको छ ।

अत्यधिक रक्तश्राप भइरहेको अवस्थामा घरमा फेला परेका उनीहरूको स्थानीय र प्रहरीले उद्धार गरेका थिए । घाइते दुवैजनाको चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मोहनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित