रामेछाप । उत्तरी नुम्बुर हिमालको काखमा अबस्थित उमाकुण्ड १ गुम्देलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० समापन कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरिएको छ ।
यही पुष १ बाट सुरु भएको उक्त प्रतियोगिता आज समापन भएको हो । तिन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स र दौड गरी खेलका दुई विधाका १० वटा ईभेन्टमा खेल भएको थियो । जसमा ज्याव्लिङ्ग थ्रो , सटपुट , कबड्डी, भलिबल साथै १५ सय र तिन हजार मिटर दौड रहेका थिए । संचालित सम्पुर्ण खेलहरुमा छात्र-छात्राको अलग-अलग प्रतिस्पर्धा गराईएको थियो ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ” मुल नाराका साथ संचालित उक्त प्रतियोगितामा पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतियोगितामा सहभागी भएर उत्कृष्ठता हासिल गर्ने सम्पुर्ण खेलाडि तथा सहभागी विद्यालहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागि विद्यालयहरुलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट छात्रछात्राहरुलाई प्रमाणपत्र , ट्रफी र मेडल प्रदान गरिएको थियो ।
प्रतियोगितामा चण्डेश्वरी मावि प्रीतिले ५ स्वर्ण ६ रजत ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेका छन् भने कैलेश्वर मावि गुप्तेश्वरले ५ स्वर्ण ५ रजत ६ कास्य पदक जितेर दोस्रो स्थान कायम गरेका छन् ।
त्यस्तै सिद्धेश्वर मावि बाम्तीले ५ स्वर्ण ५ रजत २ कास्य पदक सहित तेस्रो स्थान हासिल गर्नु भएको छ भने महालंगुर मावि गुम्देलले ५ स्वर्ण २ रजत २ कास्य पदक सहित सान्त्वना भएको छ ।
कास्थेम मावि भुजीले ४ स्वर्ण ६ रजत ८ कास्य पदक हासिल गरेका थियोे भने जनता मावि कुम्बुकास्थलीले ३ स्वर्ण ४ रजत ३ कास्य पदक र सरस्वती मावि सुनुवरधाराले ३ स्वर्ण २ रजत ५ कास्य पदक प्राप्त गरेका छन् ।
त्यस्तै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरूले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार समेत प्रदान गरिएको छ ।
खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन हुने उद्धेश्यले प्रतियोगिताको आयोजक गाउँपालिका स्वयं रहेको थियो भने व्यवस्थापन उमाकुण्ड खेलकुद विकास समिति र महालंगुर माध्यमिक विद्यालयले गरेको थियो । खेल गुम्देल वडा कार्यालय खेल मैदानमा सम्पन्न गरिएको थियो । कार्यक्रममा उक्त प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेल निर्णायक , सहनिर्णायक , स्वास्थ्यकर्मी साथै स्वयंसेवक तथा मिडियाकर्मीरुलाई समेत प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।
उमाकुण्ड खेलकुद विकास समितिको अध्यक्ष र गाउँपालिका अध्यक्ष द्वारा आगामी २०८१ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उमाकुण्ड २ बाम्तीभण्डारमा हुने गरि सिद्धेश्वर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप बस्नेत र प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीलाई राष्ट्रपति रनिङ शिल्डको झण्डा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । त्यस्तै उमाकुण्ड खेलकुद विकास समितिको अध्यक्ष सुदीप मुलिचाले पालिका स्तरीय प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पुर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
Discussion about this post