रामेछाप – गायक हिक्मत रसाइली , ईश्वर प्रसाद तिमिल्सिना, गायिका सिम्रान शाह र कविता केसीको संयुक्त आवाज रहेको ‘डाडै बिसाउनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हिक्मत रसाइली, ईश्वर प्रसाद तिमिल्सिना, सिम्रन शाह, गोविन्द पाण्डे, लक्ष्मी लामा र एलिशा न्यौपानेको अभिनय रहेका छन् ।
रामेछापको नव स्रष्टा तथा सर्जक हिक्मत रसाइलीको शब्द रहेको गीतको सङ्गीत पनि उहाले नै गरेका हुन् । म्युजिक भिडियोलाई हिक्मत रसाइली अफिसिएट युटुव च्यानल मार्फत हिजो बुधबार सार्वजनिक गरेका हुन् । गीतको एरेन्ज नारायण दङ्गालले गरेका छन् ।
प्रेम र रोमान्सलाई निकै प्रेमिल रुपमा गीतमा प्रस्तुत गरिएको छ । दीप शेर्पालीको छायांकन र सम्पादन रहेको गीतलाई सम्राट घिमिरेको निर्देशनमा म्युजिक भिडियो तयार गरिएको छ ।
आम दर्शक तथा स्रोताको चाहना अनुरुप माया प्रेमको भाकालाई गीत र भिडियोमा उतारेर दर्शक श्रोताको मन जिताउन खोजेको गीत र भिडियोको व्यवस्थापनका लागि गोविन्द पाण्डे रहेका छन् भने श्रृङ्गारमा जीवन पासा रहेका छन् ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

गायक रसाइली केही समय देखि हाल विदेशी भूमिमा कर्म गरिरहेका छन् । गायक रसाइलीले अन्य धेरै गीतहरूको रचना गरेर स्वर दिएका छन् ।
Discussion about this post