रामेछाप। सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि उमाकुण्ड गाउँपालिका वडा नं २ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७९।८० को योजना तथा कार्यक्रमको समिक्षा गर्दै यस आर्थिक वर्ष २०८०।०८१ को योजना तथा कार्यक्रमको वडा नं २ ले आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिकरण गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गत वर्षका सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका कारण तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडाले उपस्थीत सेवाग्राहि तथा सरेकारवालाहरुलाई जानकारी गराएका थिए ।
गत आर्थिक वर्ष २०७९/०८० मा पुर्वधारमा २५, सामाजिक विकास क्षेत्रमा ९, लक्षित समूह ८ र प्रधानमन्त्री रोजगारमा ८ सहित ५० वटा योजना तथा कार्यक्रमका विषयमा छलफल समेत गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को पूर्वधार तर्फ १७, प्रधानमन्त्री रोजगार तर्फ ७ सहित २४ वटा योजना तथा कार्यक्रम सार्वजनिक गरिएको थियोे ।
यस वर्षमा वडाले नागरिकता तथा नागरिकताको प्रतिलिपीे सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण गरिएको संख्या प्रतिवेदन मार्फत जानकारी गरिएको थियो ।
कार्यक्रममा वडाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी , शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
वडा कार्यालयको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, टोल विकास संस्था, राजनीतिक दल, विभिन्न संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन प्रमुख जवाफदेही वक्ताको रुपमा वडाध्यक्ष खम्बाध्वज बस्नेत र त्यस्तै जवाफदेही वक्ताको रुपमा वडा सदस्य ङावा तेम्बा शेर्पा लगायतले गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी) गाउँपालिकाका अध्यक्ष अन्नता कुमार खड्का र नेपाली कंग्रेसका तर्फबाट चुडामणि श्रेष्ठ, नेकपा एमालेका पार्टी प्रतिनिधि नगेन्द्र बस्नेत लगायतले योजना छनोट तथा कार्यान्वयनका बिषयमा सल्लाह सुझाव दिनुभयो भने वडा अध्यक्ष खम्बाध्वजा बस्नेतले सेवा प्रवाहमा कुनै समस्या भए आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता जनाउनु भएको थियो ।

Discussion about this post