रामेछाप। २१५१ औं “सिङ् फो डुक ल्हो” ग्याल्पो लोसार अवसरमा भएको अधिवेशनबाट रामेछाप शेर्पा किदुगको अध्यक्षमा आङछिरिङ शेर्पा लामा निर्वाचित भएका छन् । आज बुधबार काठमाडौंको शेर्पा सेवा केन्द्र टुसालमा सम्पन्न किदुगको नवौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट लामाको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति बनेको हो।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नुरी शेर्पा, महिला उपाध्यक्षमा ङिम्टी शेर्पा, महासचिवमा पेम्बा लामा, सचिवमा डोमा शेर्पा, सह-सचिवमा पासाङ दिकु शेर्पा र कोषाध्यक्षमा मिङमार दोर्जी शेर्पा (एमडी) चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा ङिमा ओङ्छु शेर्पा, छोती शेर्पा, काजी शेर्पा, पेम्बा शेर्पा, नुर्वु छिरिङ शेर्पा, ल्हामु शेर्पा, पासाङ शेर्पा, जम्याङ शेर्पा र सोनाम छिन्जुम शेर्पा रहेका छन्। निवर्तमान अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पा पनि संरक्षक सदस्य रूपमा छन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुपु कृषि मन्त्री आङछिरिङ लामा थियोे भने विशेष अतिथिमा नेपाल आदिवासीजनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा लामा र अन्य शेर्पा समुदायका प्रतिष्ठित व्यक्तिहरू उपस्थित रहेका नवनिर्वाचित उपाध्यक्ष नुरी शेर्पाले जानकारी दिए। नवगठित कार्यसमिति कार्यकाल ३ बर्षको हुनेछ ।
लोसार कार्यक्रम र सांस्कृतिक कार्यक्रम सहित सम्पन्न अधिवेशनमा रामेछापका उमाकुण्ड र गोकुलगंगा गाउँपालिका भित्रका शेर्पा समुदायका नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरूले नृत्य प्रस्तुत गरेका थिए।
आर्थिक रुपमा कम्जोर व्यक्तिहरु र जटिल प्रकारका रोग लागेका शेर्पा समुदायका मानिसहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्ने र शेर्पा समुदायमा दु:ख परेकालाई आर्थिक तथा मानवीय सहायता प्रदान गर्ने उद्धेश्यका साथ केही बर्ष अगाडि यो संस्था गठन भएको थियोे । हाल यो संस्थाको जगेडा पुजी करिब १ करोड ३३ लाख बराबर पुगेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएका छन् ।

Discussion about this post