उमाकुण्डमा दादुरा-रूबेलाको खोप अभियान सञ्चालनका लागि गोष्ठी सम्पन्न

रामेछाप ।उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको लागि एकदिने योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उमाकुण्डले फागुन २१ देखि २३ गतेसम्म दादुरा-रूबेला खोप अभियान संचालन गर्ने भएको छ।

कार्यक्रमको सहजीकरण उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अभिजीत सुनुवारले गर्नुभएको थियोे ।

अभियानबाट उमाकुण्डका २१ वटा खोप केन्द्रमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । जहाँबाट गाउँपालिकाका करिब १ हजार २ सय ३३ जना बालबालिका लाभान्वित हुनेछन्। पूर्णरूपमा ‘अहिले खोप लगाउँदा जीवनभर दादुरा रूबेला रोगले छुँदैन।’

सरकारले २०२६ सम्म नेपालमा दादुरा रूबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको छ। सन् २००४ बाट नेपालमा उक्त खोप लगाउन थालिएको हो। ४-४ वर्षमा दादुरा रूबेला विरूद्धको खोप अभियान चलाउने गरेको छ। दादुरा रूबेला विरूद्ध २ डोज खोप लगाएपछि यसको मात्रा पुरा हुन्छ।

दादुरा रूबेला विरूद्धको खोपले बालबालिकाको स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले सबै बालबालिकालाई सहभागी गराउन उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनुवारले आग्रह गरे।

गाउँपालिका भित्रका बालबालिकामा कुनैपनि खोप नछुटोस भन्ने उद्धेश्य विद्यालय स्तरबाटै भर्ना अभियानमा पुर्ण खोप कार्ड र अन्य विवरण समावेश गर्नुपर्ने प्रमुख सुनुवारले बताए । साथै अन्य जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले पनि अभियान सफल बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित