उमाकुण्ड गाउँपालिका स्थित २७४० मिटर उचाईमा रहेको अन्तिम मानव बस्ति लाछेवरमा छोरमा युवा क्लब द्वारा आयोजित भलिबल खेल आजबाट सुरु…..

रामेछाप, फागुन २६ गते । रामेछापको उमाकुण्डमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । छोरमा युवा क्लबले ग्याल्पो लोसारको अवसरमा रामेछापको उत्तरी गुम्देलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा राष्ट्रिय स्तरमा खेल प्रदर्शन गरिसकेका खेलाडीसहित नौ टिमहरु सहभागी छन् । खेल लिगकम नकआउट विधिबाट सञ्चालन भएको थियोे ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८८ हजार ८ सय ८८ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३३ हजार ३ सय ३३ र शिल्ड, मेडल र प्रमाणपत्र एवम् सान्त्वना हुने टिमले नगद ११ हजार १ सय ११ सहित प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष ले जानकारी दिनुभयो । यस्तैगरी, विभिन्न पाँच विधामा पनि खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र उचित पुरस्कृत गरिने भएको छ ।

भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उमाकुण्ड गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारले खेल क्षेत्रको विकासमा हुने गरी नीति नियम तथा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

प्रतियोगितामा रातोतारा युवा क्लब, सनसाइन युवा क्लब,खेलकुद विकास समिति १ गुम्देल, रोशी युवा क्लब, आर्गनिक बोइज टिम, सगरमाथा युवा क्लब, बाम्तीभण्डार युवा समाज, खेलकुद विकास समिति ३ कुम्बुकास्थली र आयोजक टिम खेलमा सहभागी भएको थियोे ।

आज भएको  पहिलो  खेलमा खेलकुद विकास समिति उमाकुण्ड-१ गुम्देल र रातो तारा युवा क्लब क्यामा बिच भएको खेलमा रातो तारा युवा क्लब बिजय भएको छ। त्यस्तै दोश्रो खेलमा बाम्ती भण्डार युवा समाज र अर्गानिक ब्वाइज बिचको खेलमा बाम्ती भण्डारले लगातार सोजो सेटमा खेल आफ्नो हात पारेको थियो । तेस्रो सेटमा छोरमा युवा क्लब आयोजक  र सन् साइन युवा क्लब गुम्देल बिच भएको खेलमा छोरमा युवा क्लबले खेल जितेको छ भने चौथो सेटमा सगरमाथा युवा क्लब र खेलकुद विकास समिति उमाकुण्ड-३  बिच भएको खेलमा सगरमाथा युवा क्लबले खेल बाजी मार्यो। पाचौ सेटमा  सगरमाथा युवा क्लब र रोशी युवा क्लब बिच भएको खेलमा सगरमाथा युवा क्लबले खेल बाजी मारेको  छ ।

भोलि दोश्रो दिन लिगको अन्तिम खेल  रोशी युवा क्लब र खेलकुद विकास समिति उमाकुण्ड-३  बिच हुनेछ  र खेल क्वाटर फाइनलको चरणमा प्रवेश गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित