सामाजिक सद्भाव भड्काउनेलाई कारबाही गर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौँ । पर्साको वीरगञ्ज तथा धुनुषालगायत तराइका विभिन्न भूभागहरुमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पर्ने गरी सामाजिक सञ्जाललगायतका माध्यमहरुमार्फत सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति एवम् धार्मिक आस्थाका केन्द्रहरुमा भएका तोडफोड र आगजनीप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्ता घटना तथा गतिविधिहरुको आयोगले निरन्तर अनुगमन गरिरहेको जानकारी गराउँदै आयोगले संवादमार्फत समाधान खोज्न पनि अनुरोध गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले आज विज्ञप्तिमार्फत संयमता अपनाउन सरोकारवालालाई अनुरोध गर्नुभएको हो ।

नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै विविधता बिचको एकता, सामाजिक, साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबद्र्धन गर्ने कुरा उल्लेख गरिएको भन्दै आयोगले संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नु, गराउनु सम्बद्ध सबैको कर्तव्य रहेको स्मरण गराएको छ ।

व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अभिव्यक्ति स्वतन्त्रताका नाममा कुनै पनि तरिकाले  गरिने धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने खालका गतिविधि नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून एवम् मानव अधिकारको मूल्यमान्यता विपरीत हुने आयोगको भनाइ छ ।

आफ्ना विमति र विरोधका कार्यक्रमहरु गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यताको पालना गर्नु जिम्मेवार नागरिकको कर्तव्य रहेको स्मरण गराउँदै नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै संयमित भई शान्ति सुरक्षा कायम गर्नु सुरक्षाकर्मीको समेत दायित्व हुने आयोगले भनेको छ ।

साम्प्रदायिक, सामाजिक, साँस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने संभावित घटना रोक्नका लागि संयमित भई कार्य गर्न र घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन आयोगले सरकारलाई निर्देशन पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित